बारा– कलैया–मानमथ सडक खण्ड अन्र्तगत बाराको जितपुर सिमरा उपमहानगर १८ बडहर्वामा मंगलवार राती करीब साढे ९ बजे भएको मोटरसाईकल दुर्घटनामा एक पत्राकार सहित दुई जना घाईते भएका छन ।
सर्लाहीबाट कलैया तर्फ आउने क्रममा भएको दुर्घटनामा परी नेपाल पत्रकार महासंघ बाराका पुर्व उपाध्यक्ष समेत रहेका कलैया उपमहानगरपालिका ८ देवीगंज निवासी ४५ वर्षिय राकेश पाण्डेय र मोटरसाईकलको पछाडी सवार सोही उपमहानगरपालिका ६ लअेरवाटोला निवासी ६६ वर्षिय ध्रुव गोसाई घाईते भएका हुन । हातमुख, टाउको अनुहार, खुट्टा, ढाड लगायतको भागमा गम्भिर घाउचोट लागेका पत्रकार पाण्डेयको कलैया अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सोही दुर्घटनामा घाईते भएका गोसाईको अवस्था सामान्य रहेको र उनको पनि हात खुट्टामा घाउचोट लागेको प्रहरीले जनाएको छ ।
विपरित दिशाबाट आएको ट्रकका चालकले हेडलाई डिम नगर्दा सडकको खाल्डो नदेखिदा पत्रकार पाण्डेले चलाएको प्रदेश २–०३–०१३ प ९६०९ नम्बरको मोटरसाईकल चिप्लीएर उक्त दुर्घटना भएको पीडित पत्रकारले बताए ।
‘ट्रक चालकसंग हेड बत्ती डिम गर्न आग्रह गर्दा पनि उसले बत्ती डिम नगर्दा दुर्घटनामा परेका हौं,’ उनले भने, ‘आँखा तिरमिराएर खडकको खाल्डो देखिएन ।’ त्यही खाल्डोलाई पुर्न सडकमा छरिएको साना गिट्टीमा चिप्लीदा दुर्घटना भएको उनले बताए ।
हेल्मेट लगाएको कारण टाउको गम्भिर चोट लाग्नबाट जोखिएको उनले बताए । बनेको वर्ष दिनमै भत्कीन थालेको कालोपत्रे सडकमा बनेको ठुलठुला खाडल र सडकमा यत्रतत्र छरिएको गिट्टीको उक्त खण्डमा मोटरसाईकल दुर्घटना बढेको पीडितले बताएका छन ।
५ वर्ष सम्म निरन्तर कालोपत्रे सडकलाई मर्मत गर्न सम्बन्धित ठेकेदारले चासो नदेखाउदा र नियमनकारी निकाय हुलाकी कार्यालय मौन बस्दा दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाई छ ।