मधेश प्रदेशको शिक्षामा सुधार गर्न जरुरी : उपराष्ट्रपति यादव

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.4k
2 मि. पढ्न लाग्ने समय

बारा– देशको सात वटै प्रदेश मध्ये मधेश प्रदेश शिक्षामा सबभन्दा पछाडी रहेको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बताएका छन ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्लामा आईतवार आईपुगेका उपारष्ट्रपति यादवले देवताल गाउपालिकाको गम्हरियामा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मधेशको शिक्षा सबभन्दा कमजोर भएको भन्दै चिन्ता जाहेर गरेका हुन ।

नेपाल सरकारले हालै सार्वजनिक गरेको जनगणना रिपोर्ट २०७८ अनुसार मधेशको शिक्षा सब भन्दा कमजोर रहेको तथ्यांङ्क सार्वजनिक भएको उनले बताए ।

नेपालको संविधान २०७४ को अधिनमा रही संविधानको रक्षा गर्ने प्रमुख जिम्मेवारी आफ्नो काँधमा रहेको र त्यसलाई ईमान्दारिता साथ निभाउने आश्वासन समेत उनले गाउवासीलाई दिए ।

विमानबाट सिमरामा अवतरण गरेका उपराष्ट्रपति यादव सबभन्दा पहिला विश्व प्रसिद्ध गढीमाई मन्दिरमा पुजा गर्न पुगेका थिए ।

गढीमाई मन्दिरको पुजा पछि जनता समाजवादी पार्टी बाराका अध्यक्ष रामबाबु प्रसाद यादवको घरमा चियापान कार्यक्रममा उपराष्ट्रपति यादव सहभागी भएका थिए ।

त्यसपछि सिम्रौनगढको कंकाली माई मन्दिरमा समेत यादवले पुजाआजा गरेको जनता समाजवादी पार्टी बाराले जनाएको छ ।

राष्ट्रपति यादव महागढीमाई, सिम्रौनगढ नगरपालिका, सुवर्ण र देवताल गाउपालिकामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भएका थिए ।

बारा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधी सभामा दोस्रो पटक निर्वाचित यादव निर्वाचन क्षेत्रको विकासका निम्ती आफु लागी पर्ने बताउदै आएका छन ।

उपराष्ट्रपतिमा निर्वाचित भईसकेपछि क्षेत्रवासीसंग पहिलो पटक भेटघाट गर्न दुई दिने गृह जिल्ला भ्रमणमा उपराष्ट्रपति यादव आईपुगेका थिए ।

उपराष्ट्रपति यादवलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, जनता समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष रामबाबु कुमार यादव, जनता समाजवादी पार्टीका नेता प्रयाग राय यादव, प्रदेश सांसद बच्चा प्रसाद यादव लगायतका नेता कार्यकर्ताहरु सिमरा विमानस्थलमा स्वागत गरेका थिए ।

उपराष्ट्रपति यादव दुई दिने भ्रमणको क्रममा जिल्लाको विभिन्न शक्तिपिठहरुको भ्रमण गर्ने कार्यक्रम रहेको जसपाले जनाएको छ ।

 

ट्याग्स : ,
यो लेख शेयर गर्नुहोस