परिक्षा अगावै कक्षा ८ को प्रश्नपत्र बाहिरिएको खुलासा

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.1k
2 मि. पढ्न लाग्ने समय

बारा– विद्यार्थीहरुको क्षमता मुल्यांकन गर्न परिक्षा संचालन हुन्छ । परिक्षा जहिल्यै पनि मर्यादित हुनु पर्छ । तर कलैयाका केही निजी विद्यालयले कक्षा ८ को परिक्षा अमर्यादित बनाएको खुलासा भएको छ ।

एलसीसी परिक्षाको प्रश्नपत्र बाहिरिएको पहिला सुनिन्थ्यो । तर आधारभुत तहको परिक्षामै प्रश्नपत्र बाहिरिनु आश्चर्यजनक भएको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताए ।

‘विद्यालयको देखावटी प्रपिसद्धी कमाउन र अभिभावकको आँखामा तारो छल्ने काम निजी विद्यालयले गर्ने गरेका छन,’ उनले भने, ‘आफ्नो स्वार्थ पुर्ति गर्न विद्यार्थीको भविष्य धरापमा पार्न खोजिएको छ ।’ प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न शिक्षक, विद्यालयलाई कानुनी दायरामा ल्याई कारवाही गर्न उनले सम्बन्धित निकायसंग माग गरेका छन ।

चैत ५ गते देखी सुरु भएको कक्षा ८ को जिल्ला स्तरिय परिक्षाको दिनहु प्रश्नपत्र बाहिरिएको आफुले जानकारी पाएको उनले बताए ।

प्रश्नपत्र बाहिर ल्याउने व्यक्तीले गणित, विज्ञाना र अंग्रेजी विषयको प्रश्नपत्र १४ सय रुपैयाँमा बिक्री गरेको नाम नछाप्ने शर्तमा एक विद्यार्थीले बताए ।

बाकी विषयको प्रश्नपत्र ५ सय देखी एक हजार रुपैयाँमा खरीद बिक्री भएको ती विद्यार्थीले जानकारी दिए । प्रश्नपत्र बाहिरिएको तथ्य सामाजिक संजालमा भाईरल भएपछि कलैया उपमहानगरपालिका सहितको सम्बन्धित निकायको ध्यानाकर्षण भएको छ ।

कलैया स्थित मनकामना ईंगलिश बोर्डिङ्ग स्कुलबाट प्रश्नपत्र बाहिरिएको आफुले जानकारी पाएको कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साहले बताए ।

‘प्रश्नपत्र बाहिरिनु दुःखद भएको र यसले कलैयाको शिक्षा क्षेत्रलाई बदनाम गराउने काम भएको छ,’ उनले भने, ‘प्रश्नपत्र परिक्षा सुरु हुनु भन्दा एक घण्टा अगाडी बाहिरिने गरेको जानकारी पाएको छु ।’

bara

sichha

प्रश्न पत्र बाहिर ल्याउने घटनाबारे छानबीन सुरु गर्न शिक्षा शाखालाई निर्देशन दिईसकेको उनले जानकारी दिए । यो घटनामा दोषी देखिने व्यक्ती र शैक्षिक संस्थालाई कारवाही गर्ने दाबी समेत नगर प्रमुख साहले गरे ।

आरोपित मनकामना ईंगलिश बोर्डिङ्ग स्कुलका संचालक रामबाबु कुशवाहाले आफ्नो विद्यालयबाट कक्षा ८ को प्रश्नपत्र न बाहिरिएको दाबी गरेका छन ।

यो लेख शेयर गर्नुहोस