जगदम्बा जीतपुरसिमरा गोल्डकपः वीरगन्ज युनाइटेड र बागमती भिड्दै

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.2k
1 मि. पढ्न लाग्ने समय

बारा–सिमरा रंगशालामा जारी जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत दोस्रो खेलमा शुक्रवार मोफसलकै प्रतिष्ठित टिम वीरगन्ज युनाइडेट क्लब र बागमती युवा क्लब भिडदै छन ।

वीरगन्ज बि डिभिजनको टिम हो भने बागमतीले सि डिभिजनको लिग खेलेको थियो । मोफसलका प्रतियोगितामा दुबै टिमले बलियो उपस्थितीका साथ सहभागिता जनाउने गरेका छन् ।

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा बिहिवार भरतपुर फूटबल क्लबले आयोजक नव जनजागृति युवा क्लबलाई पराजित गर्दै बिजयी सुरुवात गरेको छ । भरतपुरले आयोजकलाई ३–१ ले पराजित गरेको हो ।

चैत्र १८ गते सम्म संचालन हुने प्रतियोगितामा ए डिभिजन पाँचसहित १० टिमको सहभागिता रहनेछ । आयोजकका अनुसार प्रतियोगितामा एनआरटी, नेपाल एपीएफ क्लब, चर्च ब्वाईज युनाइटेड, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, वीरगन्ज युनाइटेड क्लब, मकवानपुर ११, बागमती युवा क्लब, भरतपुर फूटबल क्लब र आयोजक सहभागी हुनेछन् ।
एनआरटी प्रतियोगिताको साविक विजेता र एपीएफ उपविजेता हो । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् ।

यो लेख शेयर गर्नुहोस