पर्सा– पर्साको बीरगंज महानगरपालिका २१ ड्राईपोर्ट नजिकै मोटरसाईकलबाट लडेर गम्भिर घाईते भएकी भारतिय महिलाको उपचारको क्रममा बीरगंज स्थित एलएस न्यूरो अस्पतालमा बिहिवार मृत्यु भएको छ ।
ड्राईपोर्टबाट चोर्नी तर्फ जाँदै गरेको बी.आर. ०५ ए.एम. १६२४ नम्बरको भारतीय मोटरसाईकलमा पछाडी सवार भारत विहार मोतिहारी थाना रक्सौल बस्ने वर्ष ५० वर्षिया माला देबी मोटरसाईकलबाट सडकमा लडेर बुधवार गम्भिर घाईते भएकी थिईन ।
टाउकोमा गम्भिर चोट लागेर घाईते भएकी मालालाई स्थानीय प्रहरीको सहयोगमा उपचारको लागी एलएस न्यूरो अस्पतालमा पुर्याईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता दिपक गिरीले बताए ।
मृतक शव नारायणी अस्पताल बीरगंजमा पोष्टमार्टम गरी अन्तिम संस्कारको लागी आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । भारतिय मोटरसाईकल र मोटरसाईकल चालक भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल जोखियारी पञ्चायत वडा नं. ९ बस्ने २३ वर्षिय सचिन कुमारलाई नियन्त्रणमा लिर्इ घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।