बारा–मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता मध्येको एक जगदम्बा जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिता आज साझ ६ बजे देखी सिमरा रंगशालामा सुरु हुदै छ ।
फ्लड लाइटमा साँझ ६ बजेपछि शुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव जन जागृती र केबीए ग्लोबल भरतपुर फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
मधेश प्रदेशकै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिताको तयारी पुरा भएको जनाउदै आयोजकले दर्शकलाई उदघाटन खेलमा सहभागी हुन आह्वान समेत गरेको छ ।
प्रतियोगिताबारे जानकारी दिने उदेश्यले सिमरा रंगशालामा बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नव जन जागृती यूवा क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रतियोगिता व्यवस्थित ढंगले सञ्चालनका लागि सबै तयारी पुरा भएको जानकारी दिए ।
प्रतियोगितामा पाँच ए डिभीजन क्लब सहित १० टिमको सहभागिता रहने छ । साविक विजेता न्युरोड टिम एन.आर.टी., एपीएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लब, बिएफसी चितवन, मकवानपुर ११ हेटौंडा, बागमती युवा क्लब सर्लाही, बिरगंज युनाइटेड क्लब र आयोजक नव जन जागृती युवा क्लबको सहभागिता रहने लामाले जानकारी दिए ।
चैत्र १८ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १० लाखतथाउपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्बोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार प्राप्त गर्नेछन । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
आयोजक क्लबलाई मूख्य प्रायोजक जगदम्बा स्टिलले एक वर्षका लागी जर्सी समेत प्रायोजन गर्ने भएको छ । पत्रकार सम्मेलनमा जगदम्बा स्टिलका तर्फबाट कर्पोरेट डाइरेक्टर कृष्णदत्त भट्टले क्लबका अध्यक्ष लामालाई जर्सी हस्तान्तरण गरे ।