प्रहरी महानिरिक्षक बनाउने विषयमा सत्ता साझेदार दलको बैठक बस्दै

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 187
1 मि. पढ्न लाग्ने समय

काठमाडौं– प्रहरी महानिरिक्षक कस्लाई बनाउने लगायतका विषयमा बुधवार अपरान्ह ४ बजे सत्ता साझेदार दलहरुको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर प्रहरी महानिरिक्षक सहित मन्त्रिपरिषद पुनर्गठनका विषयमा समेत छलफल गर्ने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

‘आज एउटा ठोस छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ’ प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘शीर्ष तहमा छलफल भइरहेकाले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिईने छ ।’

सरकारमा सहभागी हुने विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार छलफल गरेका थिए । प्रचण्ड र देउवाबीच सरकारमा सहभागी हुने विषयमा कसरी भागबण्डा गरेर जाने भन्ने विषयमा कुराकानी भएको बताइएको छ । प्रहरी महानिरीक्षक अब कसलाई बनाउने भन्ने विषयमा समेत प्रचण्ड र देउवाबीच संवाद चल्दै आएको छ ।

यो लेख शेयर गर्नुहोस