पर्सामा चितुवाको आक्रमणबाट प्रहरी सहित तीन घाईते

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 394
1 मि. पढ्न लाग्ने समय

पर्सा– पर्साको पोखरिया नगरपालिकामा प्रवेश गरेको चितुवाको आक्रमणमा परी बुधबार एक प्रहरी सहित तीन जना घाइते भएका छन्।

पर्सा राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको चितुवाले आक्रमण गरी उद्धारमा खटिएको प्रहरी सहित तीन जनालाई घाईते बनाएको हो । निकुञ्जबाट बिच्किएर चितुवा पर्साको पोखरिया नगरपालिका वडा नं. ४ सतवरियामा आईपुगेको हो ।

चितसवाको आक्रमणबाट स्थानीय दिल महमद मियाँ, जोगिन्द्र साह तेली र प्रहरी जवान सुचिन्द्र प्रसाद यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घाइते मध्ये मियाँको अवस्था गम्भीर भएकोले उनलाई पोखरिया अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नारायणी अस्पताल बीरगंजमा ल्याईएको प्रहरीले जनाएको छ ।

अर्का घाईते तेली र प्रहरी जवान यादवको पोखरिया अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बिहान जंगलबाट सतवरिया टोलमा पसेको चितुवालाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

चितुवा अहिलेसम्म पनि नियन्त्रणमा आएको छैन। सतवरिया टोलकै एक गोठ घरमा चितुवा लुकेर बसेको छ। चितुवालाई नियन्त्रणमा लिन अहिले वनको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस