मनाङ मर्स्याङ्दी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 233
1 मि. पढ्न लाग्ने समय

बुटवल- मनाङ मर्स्याङ्दी क्लब रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश भएको छ ।

बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

सुरुवाती देखि दबाबमा रहेको नेपाल पुलिसले एक गोल फर्काए पनि जितको लागि भने पर्याप्त हुन सकेन । खेलमा मनाङ मर्स्याङ्दीका लागि प्रशन्न श्रेष्ठले खेलको ३२ औ मिनेटमा र चेतन कुमार थारुले पहिलो हापको एक्स्ट्रा टाइममा एक एक गोल गरेका थिए ।

नेपाल पुलिस क्लबका बुद्ध बल तामाङले एक गोल फर्काएका थिए । दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्न आयोजकले जनाएको छ ।

ट्याग्स : ,
यो लेख शेयर गर्नुहोस