बारा– फेटा गाउपालिकाका नागरीकलाई शारिरीक सुगठन दुरुस्त राख्न पालिकामा स्थापना गरिएको जिमखानाको लागी सोमवार जिमसंग सम्बन्धित उपकरणहरु हस्तान्तरण गरिएको छ । बीरगंज लगायतका स्थानबाट खरीद गरिएको जिमखानाका उपकरणहरु फेटा गाउपालिका अध्यक्ष अमिरीलाल प्रसाद र प्रमुख कार्यकारी अधिकृत कमलेश मिश्रले संयुक्त रुपमा स्थानीय युवाहरुको टीमलाई हस्तान्तरण गरेका हुन ।
शारिरीक व्यामको अभावमा सुगर, प्रेसर लगायतका रोगबाट ग्रसित फेटा बन्न थालेका गाउपालिकाका नागरीकलाई जोगाउन जिमखाना स्थापना गर्न लागिएको फेटा गाउपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले बताए । ‘शारीरिक सुगठन कायम राख्न परापुर्व काल देखी संचालन हुदै आएको कुस्तीको रिवाज लोप हुदै गएको छ,’ उनले भने, ‘कुस्तीको अभावलाई परिपुर्ती गर्न जिमखाना खोल्न लागिएको छ ।’ पालिकाका सबै नागरिकलाई निशुल्क रुपमा जिमखानाबाट सेवा उपलब्ध गराउने विश्वास लिईएको उनले बताए ।
करीब ५ लाख रुपैयाँको लागतमा संचालन गर्न लागिएको जिमखानामा विस्तारै थप उपकरणको व्यवस्था गरिने उनले बताए । रनिङ्ग गर्न सक्ने, तौलको भारको अभ्यास गर्न विभिन्न प्रकारका उपकरण खरीद गरिएको र अझ उपकरण थपीने तयारी समेत गरिएको अध्यक्ष अमिीलालको भनाई छ । जिमखानामा एक लटमा कम्तीमा ५० जना व्यक्तीले शारिरिक व्याम गर्न सक्ने स्थानीय आमप्रकाश गिरीले जानकारी दिए । यस क्षेत्रमा पहिलो पटक गाउपालिकाले आमनागरिकको शारिरीक सुगठन कायम राख्न सार्वजनिक जिमखाना निर्माण भएको उनले जानकारी दिए ।
नगरवासीको स्वास्थ्यलाई मध्यनजर गरी पालिकाले नै जिमखानाको स्थापना गरी उपकरण थप्न थालेको उनले जानारी दिए । विकास निर्माणको लागी सधै लागीरहने पालिकाका प्रमुखहरुले यसबाट सिको गर्नु पर्नेमा जानकारहरुले जोड दिएका छ ।