पोखरामा नगरबसको ठक्करले महिलाको मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 395
1 मि. पढ्न लाग्ने समय

कास्की–पोखरा चिप्लेढुङ्गामा शुक्रवार बिहान नगर बसले एक स्कुटरलाई ठक्कर दिदा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहान करीब ९ बजे सिद्धार्थ चोकबाट चिप्लेढुङ्गा तर्फ आउँदै गरेको ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार युवतीको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक झापा जिल्ला दमक ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका ४ पर्स्याङ बस्दै आएकी २४ वर्षे दिक्षा कार्की रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ठक्कर दिएको नगरबस र चालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

ट्याग्स : ,
यो लेख शेयर गर्नुहोस