महोतरीमा कुखुराको चल्ला बरामद

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 242
1 मि. पढ्न लाग्ने समय

महोत्तरी– प्रहरीले महोतरीको मनरासिस्वा नगरपालिका २ कट्टीबाट ठुलो परिमाणमा कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपाल भित्रियाउदै गरेको अवस्थामा प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको टोलीले १८ वटा कार्टुनमा राखिएको ९ सय ३० वटा कुखुराको चल्ला बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोतरीका सुचना अधिकारी प्रहरी निरिक्षक सरोज राईले जानकारी दिए ।

प्रहरी टोलीलाई देख्ने बितिकै तस्करहरु चल्लाको कार्टुन फाली फरार भएपछि कुखुराको चल्ला नियन्त्रणमा लिईएको उनले जानकारी दिए ।

बरामद भएको चल्ला अन्दाजी करीब ७८ हजार मुल्य बराबरको रहेको र त्यसलाई आवश्यक कानुनी कारवाहीको लागी पशु कवारेन्टाईन कार्यालय महोतरीको जिम्मा लगाईएको उनले जानकारी दिए ।

 

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस