महोतरीमा आगलागीमा एकको मृत्यु, एक गम्भिर

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 173
1 मि. पढ्न लाग्ने समय

महोतरी– महोतरीको बलवा नगरपालिका ४ परौल टोलमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाईते भएका छन ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षिया चन्दर देवी रहेको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ । आगोमा जलेर गम्भिर घाईते भएकी चन्दर देवीलाई उपचारको लागी प्रादेशिक अस्पताल जनकपुरमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही आगलागीमा परी स्थानीय ५२ वर्षिय जयकरण यादव जलेर गम्भिर घाईते भएका छन । उनको जनकपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागी राजधानी काठमाण्डौं लगिएको प्रहरीले जनाउको छ ।

भान्सा घरमा बालेको चुल्होबाट अचानक आगो सल्किन गई आगलागी हुदा स्थानीय रामसागर यादवको खपडाको छानो र बासको टाटीले बेरा लगाएको एक तल्ले कच्ची घर जलेर पुर्ण रुपमा नष्ट भएको छ ।

आगलागीबाट घरसंगै घरभित्र रहेको अन्नपात, भाडाकुडा, लताकपडा, बेडविस्तारा, गरगहना, नगद समेत जलेर एक लाख भन्दा बढीको नोक्सान भएको पीडितले जनाएका छन ।

आगो निभाउने क्रममा जलेर घाईते भएका र ज्यान गुमाएका व्यक्ती रामसागरकै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ ।

 

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस