जसपा नेता पटेललाई हिरासतमा राख्न पाच दिनको म्याद थप

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.1k
3 मि. पढ्न लाग्ने समय

बारा– जग्गा कागजात किर्ते मुद्दामा पक्राउ परेका जनता समाजवादी पार्टी बाराका नेता अजय पटेललाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न पाच दिनको म्याद थप भएको छ ।

प्रहरीले अनुसन्धानको लागी जसपाका पुर्व जिल्ला अध्यक्ष ४५ वर्षिय पटेललाई हिरासतमा राखी थप अनुसन्धान गर्न अदालतबाट पाच दिनको म्याद अनुमति लिएको हो ।

प्रहरी हिरासतमा रहेका पटेलको मंगलवार प्रेसर बढेपछि उनलाई उपचारको लागी प्रहरी निगरानीमा अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिए ।

‘पटेल पहिला देखी नै उच्च रक्तचापको बिरामी रहेको र उनलाई हिरासतमा राखेपनि झन्न रक्तचाप उच्च भएको छ,’ उनले भने, ‘रक्तचाप बढेपछि पटेललाई अस्पताल भर्ना गरेका छौं ।’ रक्तचापको सन्तुलन नर्मल भएपछि पटेललाई पुनः जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी घाटनाबारे थप अनुसन्धान गरिने तयारी गरिएको उनले जानकारी दिए ।

डिएसपी पाण्डेका अनुसार, बारा परवानीपुर गाउँपालिका वडा नं.५ बस्ने ४५ वर्षिय अजय कुमार पटेल भएको जिल्ला बारा साविक बहुअरी गा. वि. स. वडा नं.६ कि.नं.४१ ज.बि.५–१९–१५ को जग्गा २०२२ सालदेखि नै जिल्ला काठमाडौं वडा नं.५ बस्ने विजयमणि आचार्य दिक्षितको नाममा दर्ता रहेको थियो ।

उक्त जग्गा कित्ताकाट भई कायम भएको कि.नं.२५२ ज.वि.५–६–१४ जग्गा मालपोत कार्यालय बाराबाट २०७९÷०१÷२६ गते राजिनामा लिखत पास भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

पास भएको जग्गालाई फर्जी कागजपत्र तयार गरी शिरोम इन्भेष्टमेन्ट प्रा.लि. काठमाडौंको नाममा प्राप्त भएकोमा मोही नभएको साविक जगामा प्रतिवादी अजय कुमार पटेलले बाबुको नामबाट किर्ते कागजात तयार गरेको डिएसपी पाण्डेले बताए ।

उक्त कागजात भूमिसुधार कार्यालयमा रहेको अभिलेखमा घुसाई मोही देखाई किर्ते गरेको लिखत सम्बन्धी कसूर मुद्दामा अनुसन्धनाको क्रममा फरार रहेका निज प्रतिवादी अजय कुमार पटेललाई पक्राउ गरिएको उनले जानकारी दिए ।

किर्ते गरी जग्गा हत्याउने काम गरेको आरोपमा अनुसन्धानको लागी सिआईबी र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले परवानीपुर गाउपालिका वडा नम्बर ५ निवासी ४५ वर्षिय पटेललाई पक्राउ गरेको थियो ।

जनता समाजवादी पार्टी बाराका पुर्व जिल्ला अध्यक्ष समेत रहेका पटेलले आफन्तकै नाममा रहेको जग्गा हातपार्न सरकारी कागज किर्ते गरेको आरोप सिआईबीले लगाएको छ ।

पटेलले किर्ते गरेको उजुरी सिआईबीमा परेपछि उनलाई पक्राउ गर्न खोजतलाश सुरु गरिएको थियो । मुद्दा परेपछि लुकीछिपी बस्दै आएका पटेललाई उनकै गाउबाट सोमवार पक्राउ गरिएको थियो ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस