मकवानपुरमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुईको मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.3k
1 मि. पढ्न लाग्ने समय

मकवानपरु– मकवानपुरको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाले ज्यान गुमाएका छन ।

मकवानपुरको बकैया–१२ खोरभञ्ज्याङस्थित भित्री कच्ची सडकमा मंगलवार साझ ना८ख ५३३५ नम्बरको टिपर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जना मृत्यु भएको छ ।

दुर्घटनामा परी टिपर चालक मकवानपुरगढी–२ अदुवाखर्क बस्ने २८ वर्षीय चन्द्र योन्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

टिपर शिबम सिमेन्ट फ्याक्ट्रिको चक्ति ढुङ्गा खानीमा ढुङ्गा लोड गर्न जाँदै थियो । टिपरमा चालक मात्र रहेको प्रहरीको भनाइ छ । तिब्र गतिका कारण टिपर दुर्घटनामा परेको डिएसपी कार्कीले जानकारी दिए ।
यसैगरी बुधवार बिहान करिब ६ बजे हेटौंडा–११ थानाभर्याङमा ट्रकले ठक्कर दिंदा अन्दाजी ४० वर्षीया एक महिलाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम सडक खण्डमा नवलपुर तर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ च ६९४३ नम्बरको ट्रकले ठक्कर दिंदा घाइते महिलालाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

महिलाको थप पहिचान भएको छैन । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस