बारा–दिनहुँजसो विभिन्न संचारमाध्यमबाट छुदा हात मिलाउँदा सँगै बस्दा वा कुराकानी गर्दा एडस नसर्ने कुरा प्रचार प्रसार हुने गर्दछ । यो कुरा समान्य मानिसहरुलाई समेत थाहा भएको कुरा हो ।
तर एचआईभी संक्रमित भएकाहरुबाट प्रादेशिक अस्पताल कलैयाका डाक्टरहरु पनि डराउने गरेको ब्लु हेभेन नेपाल कलैयाकी कार्यक्रम संयोजक पुर्णिमा श्रेष्ठले आरोप लगाएकी छिन् ।
एचआईभी संक्रमितहरुसँग भेदभाव तथा लान्छना सम्बन्धी आयोजित पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा संयोजक श्रेष्ठले यस्तो आरोप लगाएकी हुन ।
कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित जिल्ला अदालत नजिकै रहेको संस्थाको हलमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग श्रेष्ठले कलैया अस्पतालले एचआईभी संक्रमितहरुसँग डराउने र सेवा दिनमा आनाकानी गर्ने गरेको आरोप लगाईन ।
श्रेष्ठले एचआईभि बारे पढे लेखेका समाज देखि अहिले पनि डाक्टरहरु समेत अनभिग्य हुनु दुःखद भएको उनले बताईन । प्रादेशिक अस्पताल कलैयाका डाक्टरहरुसंग समेत सल्लाह लिन पुग्दा उनीहरु एचआईभी लागेकालाई छुन समेत डराउने गरेको उनले दुखेसो पोखिन ।
डाक्टरहरुले सिधै अन्यत्र उपचार गराउन लग्नुस भनेको सुन्दा अचम्म लाग्ने गरेको उनले सुनाईन । एचआईभी भएकाहरुले औषधी सेवन गरे सामान्य नागरिक सरह जीवन बाच्न सक्ने समेत उल्लेख गरेकी छन ।
एड्स लागेका ब्यक्तीलाई लान्छना भेदभाव अन्त्य कसरी गराउन सक्ने बिषयमा श्रेष्ठले जानकारी गराएकी थिईन । रुढीबादी परम्पराको अन्त्य कसरी गर्ने बताउदै यो रोग लाग्ने बितिकै मान्छे मर्ने हुदैन । यसको औषधी आईसकेको छ । यसको औयाधी निरन्तरको सेवनले सामान्य जीवन बाच्न सक्ने श्रेष्ठले बताईन ।
एचआईभी जो कोहिलाई पनि लाग्न सक्छ भन्दै डक्टरहरुले समेत एच आई भी भएकालाई हेर्ने दृष्टीकोण गलत रहेको र यसलाई बदल्नु पर्नेमा उनको जोड थियो ।
नकारात्मक ब्यवहारले संक्रमितहरुमा एनजाईटी, डिप्रेसनमा जाने अवस्था रहेको श्रेष्ठको भनाई छ । श्रेष्ठकी अनुसार बारामा अहिले २ सय जनाले नियमित एचआईभीको औषधी खान्छन । जसमा ४५ जना महिला समेत रहेको बताईएको छ ।
बारामा हाल ५ हजार समलिङ्गी तथा तेस्रोलिङ्गीको संख्या रहेको उनले जनाईन । जसमा ५५ जना एचआईभी संक्रमित भएको जनाईन । बारामा हाल जम्मा ४ सय ६० को संख्यामा एचआईभी संक्रमितहरु रहेको समेत उनले बताएकी छन ।
गोपनियताको कारण अन्य जिल्लामा गएर पनि केहिले औषधि खाने गरेको उनले बताईन । बारामा एचआईभीका कारण अहिले सम्म ७ जनाको ज्यान गैसकेको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिईन ।
ब्लु हेभेन नेपाल कलैयाको आयोजनामा भएको कार्यक्रममा बारा र पर्साका पत्रकारहरुको उपस्थिति रहेको थियो ।