प्रसौनी गाउपालिकामा तीज विशेष कार्यक्रम, ५ सयलाई श्रृंगार सामाग्री

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.1k
3 मि. पढ्न लाग्ने समय

बारा– प्रसौनी गाउपालिकाकी उप प्रममुख गीता देवी साह बुधवार विशेष पहिरणमा सज्जिएर कार्यालय आई पुगेकी थिईन । मेहँदी, चुर्रा, पोतेले सुशोभित भई आकर्षक साडी लगाएर कार्यालय आईपुगेकी उप प्रमुख गिता अन्य दिनको तुलनामा फरक देखिएकी थिईन ।

गाउपालिकामा कार्यरत उच्च ओहोदाका महिला कर्मचारी देखी कार्यालय सहयोगी पदमा कार्यरत महिला कर्मचारीहरुलाई पनि चिन्न समस्या भएको थियो । उनीहरु सबै तीज मनाउने भडकिलो पहिरणमा कार्यालय आई पुगेका थिए ।

भगवान शंकरसंग विवाह गर्न देवी पार्वतीले राखेको विशेष पर्वको सम्झनामा हिन्दु समुदायका नारीले तीज पर्व मान्न थालेको जनविश्वास रही आएको उप प्रमुख गिताले बताईन । ‘तीज पर्वले सबै महिलालाई एक सामान बनाईदिएको छ,’ उनले भनिन, ‘हामी कसैमा कुनै किसिमको भिन्नता छैन ।’ सबै महिला एकै ठाउमा बसेर पदिय भेदभाव नगरी चाड मनाईरहेका छौं । यो चाडले केही समयको लागी पदिय ओहोदा मिटाई दिएको उनले स्ष्टि पारिन ।

प्रसौनी गाउपालिकाकी प्रशासन प्रमुखको जिम्मेवारीमा रहेकी निशा थापाको पहिरण पनि अन्य दिनको तुलनामा फरक थियो । उनी पनि सामान्य नारी जस्तै पहिरणमा सज्जिएर कार्यालयमा आईपुगेकी थिईन । निशा, गिता लगायतका मिहलाले सामुहिक रुपमा नाचगान गरेर तिज मनाउन कार्यालय परिसमा आईपुगेको बताए ।

गाउपालिकाले पालिका भित्रका कर्मचारी महिला तथा नगर क्षेत्रकी महिलाहरुको लागी सोमवार तिजविशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यालय परिसरमा मञ्च र टेन्टको समेत व्यवस्था गरिएको थियो । मञ्चमा घण्टौं साँस्कृतिक कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा सहभागी झन्डै ५ सय महिलाहरुको लागी पालिकाले जनही एक/एक थान पोते, सिन्दुर, आल्ता, मेहन्दी, विन्दिया लगायतका श्रृंगार सामाग्री समेत वितरण गरेको थियो ।

श्रृगार सामाग्री पाएर सबै महिला खुशी भएको कार्यालयकी योजना प्रमुख चन्दा कुमारी साहले बताईन । तीज ब्रत मान्ने महिला व्रतालुलाई थोरै भएपनि उपलब्ध गराईएको श्रृगार सामाग्रीले राहत पुग्ने विश्वास लिईएको उनले बताईन । सधै हाकिमहरुको आदेश मानीरहने र जिहजुरीमा खटी रहने पालिकाकी कार्यालय सहयोगी प्रेमा थापाले तीज ब्रतकै कारण हामिकहरुको बराबरीमा बस्न पाएको उनले बताईन । तीजले ठुलाबडाको भिन्नता चाडको बेला कम गरेको उनले बताईन ।

कार्यक्रममा सहभागी महिलालाई सज्जाउन र मेहन्दी लगाउन ७० जना भन्दा बढी महिला स्वयमसेवकहरु श्रृगारको लागी खटिएको नेहा ब्युटी पार्लरकी संचालक ममता देवी साहले जानकारी दिईन ।

तीज विशेष कार्यक्रममा प्रसौनी गाउपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ता, प्रसौनी गाउपालिका ३ का वडाध्यक्ष आनन्द गुप्ता, निपु गुप्ता, बृजकिशोर साह लगायतको उल्लेख्य सहभागिता रहेको थियो । तीज विशेष कार्यक्रम मनाउने क्रममा कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड अपनाएको नदेखिएको प्रत्यक्षदर्शीले बताए । कार्यक्रममा सहभागी महिलाहरुले मास्क समेत लगाएका थिएनन ।

यो लेख शेयर गर्नुहोस