म्याद गुज्रेको चियापत्ती फेलापरेपछि युनिलिभर हेटौडाको चिया प्लान्टमा शिल

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 877
1 मि. पढ्न लाग्ने समय

हेटौंडा– म्याद गुज्रेको चिया फेला परेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले बहुराष्ट्रिय कम्पनी युनिलिभर हेटौडाको चिया प्रशोधन केन्द्रलाई शिल गरेको छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय हेटौडा, जिल्ला प्रशासन कार्यालय मकवानपुर, उपभोक्ता हित संरक्षण मञ्च हेटौडा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको संयुक्त टोलीले अनुगमनको क्रममा युनिलिभरमा म्याद गुज्रेको चियाको पकेट फेला पारेको थियो ।

विशेष सूचनाको आधारमा युनिलिभरमा भएको अनुगमनको क्रममा विवरण स्पष्ट नभएका तथा म्याद गुज्रेका ३० किलोग्रामको ९ सय २० बोरा चिया फेलापरेपछि युनिलिभर कम्पनीको चिया प्लान्टलाई शिल गरेर थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

फेलापरेको चियाको नमुना संकलन गरी थप परिक्षणको खाद्यप्रविधी तथा गुण नियन्त्रण विभागमा पठाईएको खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय हेटौडाका प्रमुख शोमकान्त रिजालले बताए । फेला परेको चियापत्तीलाई पुनः म्याद थपेर नयाँ पकेटमा प्याकिङ्ग गरी बजारमा बिक्रीको लागी राखिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको उनले जानकारी दिए । भारतबाट आयात गरिएको म्याद गुज्रेको उक्त चियापत्ती ‘रेड लेबल’ नामको ब्राण्डमा बजारमा बिक्री गर्ने गरेको पाईएको रिजालको भनाई छ ।

यो लेख शेयर गर्नुहोस