वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुुहोस 9861436955

बारामा करेन्ट लागेर किसानको मृत्यु

बारा– धान खेतमा विधुतिय मोटरबाट पानी हाल्ने क्रममा सिम्रौनगढ ४ गंगानगरमा मंगलवार साझ एक किसानको ज्यान गएको छ । करेन्ट लागेर स्थानीय ४८ वर्षिय किसान तेजालाल प्रसाद यादवको घटनास्थलमै मृत्यु भएको हो ।

मोटर संचालन गर्न खेतमा विछ्याईएको विधुतिय तारबाट पानीमा करेन्ट प्रवाह भएको र अन्जानवस पानीमा पुग्दा यादवलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर बारामा वर्षेणी किसान मजदुरले ज्यान गुमाउने घटना बढदै गएको प्रहरीले जनाएको छ ।