बारा– सिम्रौनगढबाट एक थान अमेरिकन पेस्तोल र त्यसमा लाग्ने २ वटा म्यागजिन सहित दुई जनालाई प्रहरीले मंगलवार अपरान्ह पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका–६ स्थित विधायक होटेलबाट सिम्रौनगढ नगरपालिका वडा नम्बर–४ गंगानगर निवासी बस्ने ३५ बर्षिय राजेश प्रसाद यादव र सोही ठाउँका २० बर्षिय जितेन्द्र प्रसाद कुशवाहालाई पैसतोल र म्यागजिन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।
विशेष सुचनकाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको संयुक्त प्रहरीको टोलीले उनीहरुलाई मेड ईन ग्क्ब् नम्बर ७७७७० लेखिएको म्यागजिन, पेस्तोल र एक्स्ट्रा म्यागजिन सहित यादव र कुशवाहालाई पक्राउ गरेको हो । उनीहरु प्रहरी हिरासतमा राखी घटनाबारे थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।