बारा–किर्ते नगर परिषद विरुद्ध सरकारी वकील कार्यालय बाराले मुद्दा दर्ता नगरेको विरोधमा कलैया भरत चोकमा विगत १३ दिन देखी सुरु भएको धर्ना शुक्रवार एकाएक स्थगित भएको छ ।
मागबारे सरकारले कुनै सुनुवाई नगरेपछि जनता समाजवादी पार्टी सिम्रौनगढ नगर कार्यसमितीको नेतृत्वमा सुरु भएको धर्ना स्थगित गरिएको आन्दोलनकारी डा. कमरुल्लाह अन्सारीले बताए ।
‘धर्नामा बसेका असन्तुष्ट पक्षसंग सरकारपक्षका कोही कुरा सुन्न पनि आएनन्,’ उनले भने, ‘मागबारे कुनै सुनुवाई नभएपछि धर्ना स्थगित गरेका हौं ।’ शान्तिपूर्ण धर्नाबाट माग ुिरा गराउने स्थिती नदेखिएपछि आन्दोलनको स्वरुप फेर्न धर्ना कार्यक्रम रोकिएको उनले जनाए । माग समेटिएको ज्ञापनपत्र बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई हस्तान्तरण गर्दै अब गाउटोलका जनतालाई जगाउने चेतावनी दिएका छन ।
सिम्रौनगढ नगरपालिकाको ११ वटै वडामा पुगेर टोलटोलमा भेला गरी किर्ते नगरपरिषदको भण्डा mिोर गर्ने उनीहरुले चेतावनी दिएका छन । भदौ २५ देखी भण्डाफोर कार्यक्रम सुरु गर्ने र त्यस भन्दा अगाडी सिम्रौनगढ रानिवास मन्दिरमा बृहत प्रदर्शन गर्ने कार्यक्रम तय भएको नेता अनसरीले बताए ।