बारा– प्रदेश नम्बर २ मा महिनै पिछे नयाँ सवारी साधनको संख्यामा भएको बृद्धीसंगै सवारी दुर्घटनामा समेत बृद्धी भएको छ । साउन महिना यताको ३५ दिनमा भएको सवारी दुर्घटनामा परी ३७ जनाको मृत्यु भएको छ । भने २ सय जना भन्दा बढी मानिसहरु घाईते भएका छन ।
गत वर्षको साउन महिनामा मात्र सवारी दुर्घटनामा परी ३६ जनाले ज्यान गुमाएका थिए । भने ४ सय ५२ जना घाईते भएका थिए । कोरोना संक्रमणको कारण प्रदेश २ मा जारी भएको निषेधाज्ञाको कारण सडकमा सवारी साधन संचालन हुन सकेको थिएन । त्यस बेला दुर्घना घटेपनि निषेधाज्ञा हटेसंगै साँघुरो सडकमा निस्केका सवारीको गति नियन्त्रण गर्न नसकिदा दुर्घटना बढदै गएको सर्वसाधारणको भनाई ।
बढदो सवारीको चाप अनुसार राजमार्गको स्तरोन्नत्ती नहुदा सवारी दुर्घटनामा बृद्धी भएको ट्राफिक प्रहरी अधिकारीहरुको भनाई छ । बजारमा आएका नयाँ प्रविधी तथा तिब्र गतिका सवारी साधन गुडने लायक सडक नबन्दा दुर्घटना बढेको हो ।
पुरानो र कामचलाउ सडकमा तिब्र गतिमा कुदाईएका सवारी साधन विपरित दिसाबाट आउने सवारीसंग साईड लिने क्रममा बढी दुर्घटना हुने गरेको ट्राफिक प्रहरी अधिकारीको भनाई छ । यता चालुआर्थिक बर्ष ०७८÷०७९ को प्रदेश २ मा साउन महिनामा मात्र ५ सय ६२ वटा सवारी दुर्घटना हुँदा २७ जना पुरुष, ७ महिला र एक बालक गरी ३५ जनाको मृत्यु भएको प्रदेश नं. २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ । २०७८ भदौ महिनाको १ र ३ गते गरी २ जनाको ज्यान गएको कार्यालयले जनाएको छ ।
यो अवधीमा सबै भन्दा बढी मोटरसाईकल र कार जिप दुर्घटनामा परेका छन् । ३ सय ७६ वटा मोटरसाइकल र ४९ वटा कार, जिप दुर्घटनामा परेको कार्यालयको तथ्यांकले देखाएको छ ।
यसैगरी ४३ वटा साईकल, रिक्सा, ठेला, २७ वटा ट्रक, ट्यांकर, २३ वटा टेम्पो÷अटो, १७ वटा टे«क्टर, १४ बस, ९ ट्रिपर, ३ माईक्रो र अन्य १ गरी ५ सय ६२ वटा दुर्घटना भएको कार्यालयले जनाएको छ ।