बारामा सवारी दुर्घटनामा बाबुछोरा घाईते

पवन यादव
पवन यादव पाठक संख्या - 922
1 मि. पढ्न लाग्ने समय

बारा– कलैया–बीरगंज सडक खण्ड अन्र्तगत कोईरिया टोला चोकमा शुक्रवार साँझ भएको सवारी दुर्घटना दुई जना घाईते भएका छन । जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।

बीरगंजबाट सिसहनिया तर्फ आउदै गरेको ना १८ प ६३७४ नम्बरको मोटरसाईकललाई मधेश प्रदश–०३–००१ ह १३२३ नम्बरको मयुरीले ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक कलैया उपमहानगरपालिका १९ पचायनपुर बस्ने ३५ वर्षिय सहिन्द्र प्रसाद पटेल र सोही मोटरसाईकलको पछाडी सवार उनका छोरा १४ वर्षिय रमोज पटेल घाईते भएका हुन ।

घाईते दुबै जनालाई उपचारको लागी बीरगंज स्थित न्यूरो अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनीहरु मध्ये सहिन्द्र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

मयुरी चालक फरार भएको र दुर्घटनामा संलग्न दुबै सवारी साधनलाई प्रहरी चौकी गंगापुरले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस