बारामा तेक्वान्दो डोजाङ्गको ग्रेडिङ्ग सम्पन्न

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 792
1 मि. पढ्न लाग्ने समय

बारा– कलैया बरेवा तेक्वान्दो डोजाङ्गको खेलाडीहरुको ग्रेडिङ्ग शुक्रवार सम्पन्न भएको छ । कलैया उपमहानगरपालिका–४ स्थित कबर्ड हलमा संचालित ग्रेडिङ्ग कार्यक्रममा ३० जना तेक्वान्दो खेलाडीहरुको सहभागिता रहेको थियो ।

मधेश प्रदेश तेक्वान्दो संघका वरिष्ठ प्रशिक्षक मुक्ती यादव र सहायक प्रशिक्षक सुरज श्रेष्ठले खेलाडीहरुको ग्रेडिङ्ग प्ररिक्षा लिएका थिए ।

ग्रेडिङ्गमा शुभम यादव प्रथम, म्याक्स यादव दोस्रो र माही कुमारी साह तेस्रो भएको प्रशिक्षक यादवले जानकारी दिए ।

म्याटको अभावमा खेलाडीहरुले ढलानमै खेल प्रदर्शन गर्न वाध्य भएको प्रशिक्षक यादवले गुनासो गरेका छन । तेक्वान्दोमा देशले अन्र्तराष्ट्रिय जगतमा ख्याती कमाउन सफल भएपनि देशमा ती खेलाडी तथा खेलको कदर हुन नसकेको उनको गुनासो छ ।

यो लेख शेयर गर्नुहोस