पर्सा- पर्साकाे पकहा मैनपुर गाउपालिकाबाट बरामद तीन क्विन्टल भारतिय तयारी कुखुरा नियन्त्रणमा लिएर नष्ट गरिएकाे छ ।
सिमा क्षेत्र अनुगमनकाे क्रममा पशु क्वारेन्टाइन कार्यालय बीरगंजका प्रमुख डा. हरेराम यादवकाे नेतृत्वमा खटिएको टाेलीले भारतबाट लुकाई छिपाई नेपाल भित्र्याईएको ८० वटा कुखुरा नियन्त्रणमा लिएर नष्ट गरेकाे हाे ।
अनुगमन टाेलीमा कुखुरा व्यवसायी संघ पर्साका अध्यक्ष देवेन्द्र सिंह, सशस्त्र प्रहरी लगायतकाे उपस्थितीमा सशस्त्र प्रहरी सिमा सुरक्षा बेस क्याम्प लहावर थकरीमा खाल्डोमा पुरेर नष्ट गरिएकाे जनाईएकाे छ ।
पछिलाे समय स्थानीय प्रहरीकाे संरक्षणमा भारतबाट अवैध रुपले मासुजन्य तथा किराना, कपडा, हार्डवेयर लगायत मालसानकाे तस्करी बढेकाे स्थानीयले बताएका छन ।