निजगढबाट एक सय २० लिटर घरेलु मदिरा बरामद

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 620
1 मि. पढ्न लाग्ने समय

बारा–बारा प्रहरीले निजगढ नगरपालिका ९ तामागढी गेट नजिकैबाट एक सय २० लिटर घरेलु मदिरा बरामद गरेको छ ।

रतनपुरीबाट ल्याईएको घरेलु मदिरा दक्षिण तर्फ लानको लागी राखिएको बेवारिशे अवस्थामा ईलाका प्रहरी कार्यालय निजगढको टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

प्रहरी निरीक्षक शंकर चौधरीको कमाण्डमा रतनपुरबाट निजगढ तर्फ गस्ती गरी फर्किने क्रममा प्रहरी टोलीले ८ वटा ग्यालनमा राखिएको घरेलु मदिरा बरामद गरेको उनले बताए । पछिल्लो समय बारामा घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा वृद्धि भएको छ ।

बाराको अधिकाँश गाँउहरुमा घरेलु मदिरा उत्पादन तथा विक्री वितरण बढेपनि प्रहरीले मदिरा मात्र पक्राउ गर्ने नष्ट गर्ने गरेको छ । मदिरा उत्पादन गर्नेहरु अहिले पनि पक्राउ हुन सकेका छैनन् । मदिरा उत्पादन गर्नेहरु पक्राउ नपर्दा मदिरा उत्पादन तथा विक्री वितरणमा कमी नआएको जिल्लावासीहरुले गुनासो गरेका छन् ।

बाराको कलैया, गंजभवानीपुर, गडहल, विसुनपूर्वा, दौरवा, बच्छनपूर्वा, टाँगिया बस्ती, नयाँबस्ती, बोधबन, करैया, हरैया लगायत जिल्लाका अधिकांश गाउँमा मदिरा उत्पादन तथा विक्री वितरण हुँदै आएको छ ।

ट्याग्स : , ,
यो लेख शेयर गर्नुहोस