बारा– बाराको टांगियावस्ती भन्दा पुर्व पट्टीको जंगलमा मंगलवार अपरान्ह जंगली हातीको आक्रमणमा परी एक युवकको ज्यान गएको छ ।
जंगल भित्र स्याउला लिन गएका जितपुरसिमरा उपमहानगररपालिका १६ टागिंयावस्ती बस्ने ४५ वर्षिय गापाङ दर्लामीको हामती हाक्रमणबाट ज्यान गएको ईलाका प्रहरी कार्यालय सिमरा प्रमुख डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
वन भित्र स्याउला लिन गएका दर्लामीलाई अपरान्ह करीब ५ देखी ६ बजेको बीचमा जंगली हातीले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खलेको उनले जानकारी दिए ।
मृतक दर्लामीको शव परिक्षणको लागी कलैया अस्पतालमा पठाईएको र घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी क्षेत्रीले बताए । जंगली हातीले मान्छे मारेपछि पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको सिद्धीबक्स गण आधाभारका प्रमुख सेनानी मुक्ती विक्रमण शाहको निर्देशनमा राती देखी नै नेपाली सेनाको टोली टांगियावस्तीमा परिचालन भएको छ ।
जनताको जिवधनको सुरक्षाको मध्यनजर गर्दै सिद्धीबक्स गणका क्याप्टेन ताजमणी सिंह ठकुरीको कमाण्डमा सेनाको टोली टांगियावस्तीमा परिचालन गरिएको नेपाली सेनाले जनाएको छ ।
हातीले मान्छे मारेपछि टांगियावस्तीमा नेपाली सेना, सशस्त्र वनरक्षक, नेपाल प्रहरी, वन कर्मचारी, सशस्त्र प्रहरी समेतको टोली पुगेको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष हरीदेव खरेलले जानकारी दिए ।
वन क्षेत्र अतिक्रमण गरीे राष्ट्रिय वनको वृक्षारोपण क्षेत्रमा अवैध रुपले बसेको टांगियावस्तीका मानिसहरु पटक पटक वन्यजन्तुको आक्रमण पर्दै आएका छन ।
उनीहरुले बेलाबेलाम अवैध रुपले वनको रुख ढाली काठ तस्करी तथा वन्यजन्तुको चोरी शिकारी गरी कानुन उल्लंघन गर्दा तस्करीको काठ तथा वन्यजन्तुको अखेटोपहार सहित पक्राउ पर्ने गरेको डिभिजनल वन कार्यालय बाराले जनाएको छ ।
प्रस्तावित दोश्रो अन्तराष्ट्रिय विमान स्थलको निर्माण क्षेत्रको मध्यविन्दुमा जंगलभित्र बसेको अवैध टांगियावस्तीलाई खाली गर्न वन कार्यालयले पटक पटक प्रयास गर्दा पनि राजनीतिक संरक्षणका कारण खाली गर्न सकिएको छैन ।
टांगियावासीले बसोवास तथा खेतीको जग्गा सहित मुआब्जा उपलब्ध गराए मात्र बस्ती छाड्न राजनीतिक संरक्षणमा अडान लिएपछि दोश्रो अन्र्तराष्ट्रिय विमान स्थल निर्माण अन्यौंलमा परेको सरोकारवालाले बताएका छन ।