बारा– बाराको प्रसौनी र परवानीपुर गाउपालिकामा निर्वाचित महिला जन प्रतिनिधीहरुलाई जिम्मेवार र थप सशक्त बनाउन बुधवार देखी चार दिने प्रशिक्षण दिन थालिएको छ ।
माण्डवी बाराले संचालन गर्दै आएको चौथो मोड्युल कार्यक्रम अन्र्तगत उनीहरुलाई प्रारम्भिक प्रशिक्षण दिन थालिएको हो । माण्डवी बाराको आयोजनामा संचालित प्रशिक्षण कार्यक्रममा निर्वाचित महिला जनप्रतिनिधीहरुको सक्रिय सहभागिता रहेको आयोजक संस्था बाराका कार्यक्रम अधिकृत प्रमुख राजु कुमार साहले जानकारी दिए ।
बुधवार देखी सुरु भएको प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न हुने कार्यक्रम अधिकृत साहले जानकारी दिए । स्विस सरकार विकास सहयोग तथा आस्ट्रेलियंन एडको आर्थिक सहयोग र आई एफ ई एस नेपालको प्राविधिक सहयोगमा तालिम संचालन गरिएको उनको जानकारी दिएका छन ।
माण्डवीको सहजीकरणमा परवानीपुर गाउँपालिका वडा नं. ५ अवस्थित रामजानकी धर्मशालाको बैठक हलमा निर्वाचित महिला जन प्रतिनिधीहरुलाई स्थानिय सरकारमा प्रभावकारी ढंगले आफनो भुमिका निर्वाह गर्न र राजनैतिक संवादमा सहभागी हुनका लागि महिला वडा सदस्यहरुको आत्म विश्वास बढाउन चाहिने सिप, ज्ञान लगायतको विषयमा प्रशिक्षण दिन थालिएको उनले जानकारी दिए ।
चौथो मोडुल प्रशिक्षण कार्यक्रममा सहभागी भएका महिलाहरुले महिला जनप्रतिनिधिहरुलाई शि लिडस कार्यक्रमको रुपरेखा, तेश्रो मोडुल तालिमको पुनरावलोकन, व्यक्तिगत उत्थानशिलताको विकास कसरी गर्ने, स्थानीय सरकारको योजना तर्जुमा, कार्यान्वयन र अनुगमन कसरी गर्ने, स्थानीय सरकारको बजेट निर्माण प्रक्रिया, वार्ता, शक्तिको परिचय र शक्तिको मान तथा पैरवीको परिचय लगायतका विषयमा प्रशिक्षण दिईने कार्यक्रम अधिकृत साहले बताए ।
महिला सहभागीहरुलाई ९ वटा सेसन अन्तर्गत तालिम अवधि भित्र प्रशिक्षण दिन थालिएको छ । सहभागीहरुलाई प्रशिक्षक रामाज्ञा साह र निभा सिंहले प्रशिक्षण दिईरहेको साहले जानकारी दिए ।