६ किलो चाँदीका गहना सहित बीरगंजबाट सोनार पक्राउ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.2k
1 मि. पढ्न लाग्ने समय

बीरगंज– भारतबाट अवैध रुपले नेपाल भित्रियाउने क्रममा ६ किलो चाँदीको गरगहना सहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गहना बोकेर रक्सौलबाट बीरगंज तर्फ आउने क्रममा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले शंकराचार्य गेट नजिकैबाट बाराको प्रसौनी गाउँपालिका ६ निवासी नागेन्द्र साह सोनारलाई चाँदीका गरगहना सहित पक्राउ गरेकोे हो ।

सोनारले बोकेको झोला चेकजाच गर्ने क्रममा ६ किलो एक सय ६८ ग्राम चाँदीको गरगहना फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिए । पक्राउ परेका सोनारलाई थप कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको उनले जानकारी दिए ।

पछिल्लो समय सुनचाँदीको गरगहना, मोटरपार्टस, कपडा, कस्मेटिक समाग्री, हार्डवेयर लगायत मालसामानको भारतबाट नेपाल तर्फ तस्करी बढेको स्थानीयले बताएका छन ।

यो लेख शेयर गर्नुहोस