बाराकाे महेशपुरमा जंगली हातीकाे त्रास

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.1k
1 मि. पढ्न लाग्ने समय

बारा- बाराकाे कलैया उपमहानरपालिका २६ महेशपुर गाउ नजिकैको टेंग्रहर खाेला नजिकै जंगली हाती बिहान देखि बसेर जनजिवन त्रसित बनाएकाे छ ।

बिहान ८ बजे देखि स्थानिय अकलु साहकाे उखु खेतमा बास बसिरहेकाे जिल्ला वन कार्यालय बाराका प्रमुख बिनाेद सिंहले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, सशस्त्र वनरक्षक, वन क्रमचारी, नेपाली सेनाकाे सिद्धीबक्स गण अधाभारका लेफ्टीनेन्ट रविन्द्र बहादुर शाहीकाे टाेलीले उखु खेतबाट हाती निकाल्ने प्रयास गरीरहेकाे सिंहले जानकारी दिए ।

हाती बस्ती क्षेत्रमा आएपछि यश क्षेत्रकाे जनजिवन आतंकित बनेकाे छ । नेपाली सेना तथा निकुञ्कज प्रसाशनका अनुसार बस्तीमा आएकाे हात्ती यमगज रहेकाे र यही हात्ती सले मनहरी, अमलेखगंज र बकैयामा ३ जनालाई मारेकाे जनाईएकाे छ ।

अहिले खेतमा जादा मझाैलिया, दाेहरी, सिसवा, बकुलहर, पकडी लगात गाउका मानिसलाई सचेत रह्न निकुञ्ज तथा वन कार्यालयले आग्रह गरेकाे छ ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस