वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुुहोस 9861436955

राष्ट्रपतिमा कस्लाई समर्थन गर्ने विषयमा माओवादी केन्द्रका पदाधिकारी बैठक पेरिसडाडामा बस्दै

काठमाण्डौं– राष्ट्रपति चयन लगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमवार पार्टी मुख्यालय पेरिसडाडामा बस्ने भएको छ ।

फागुनको अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कस्लाई समर्थन गर्ने भन्ने विषयमा अपरान्ह ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने पदाधिकारी बैठकमा छलफल गरिने माओवादी केन्द्रका नेता मातृका यादवले जानकारी दिएका छन ।

आइतबार साँझ कांग्रेसका शीर्ष नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने जवाफ दिएका थिए ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । फागुन १० गतेसम्म माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन् ।

पुस १० मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको थियो । तर पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राष्ट्रपतिका विषयमा नयाँ बहस भइरहेको छ ।

एमालेले पुस १० सहमति कार्यान्वयनका लागी अडान लिएको छ भने माओवादी केन्द्रले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिइरहेको छ ।

यसले सत्ता गठबन्धनमा खटपट पैदा भएको छ । उक्त परिस्थितिमा कांग्रेस र माओवादीबीचको छलफलले राजनीतिले नयाँ कोर्स लिने आंकलन गरिएको छ ।