बारा- रेल डब्बाकाे ढाेका नखाेलेकाे भन्दै एक अपरिचित भारतिय युवकले शनिवार बिहान भारत बिहारकाे बैरगनिया स्टेशनमा नेपाली कावरिया माथी हातपात गरेकाे छ । अपशब्द प्रयाेग गर्दै ती युवकले झ्यालकाे बाहिरबाट प्रहार गरेकाे लाठीबाट एक कावरिया घाईते भएकाे कावर टाेलीमा सहभागी किसुन पटेलले जानकारी दिए । लाठी प्रहारबाट हजारी काफ्ला उतर झिटकैया भान्साका कावरिया जयप्रकाश मण्डल घाईते भएकाे पटेलले जानकारी दिए ।
कावरिया मण्डलकाे बायाँ हातकाे कान्छी ओला काटिएकाे उनले जानकारी दिए । लाठी प्रहार गर्ने युवक फरार भएकाे र बिहार प्रहरी मुकदर्शक बनेकाे पीडित कावरियाले गुनासाे गरेका छन ।
भारतमा तिर्थ यात्रामा निस्केका कारवरिया माथी दुर्व्यवहार गर्ने व्यक्ती माथी कानुनी कारवाही गर्न नेपाली कावरियाहरुले भारतिय प्रधानमन्त्री नरेन्द्र माेदीसंं आग्रह गरेका छन ।
यसरी नै पटक पटक रेल यात्राकाे क्रममा नेपाली कावरियाले भारतियकाे दुर्व्यवहार खेप्न वाध्य भएपनि भारतिय प्रहरी प्रशासन मुकदर्शक बनेकाे पीडित कावरियाले गुनासाे गरेका छन ।