बारा–कोल्हबी नगरपालिकाका निर्वाचित वडा अध्यक्ष र पुरुष वडा सदस्यहरुको सक्रिय सहभागितामा लैङ्गिक समानता र स्थानिय सरकारमा निर्वाचित महिलाको भुमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आईफिएस नेपालको प्राविधिक सहयोग, स्विस सरकार विकास सहयोग र अस्टेरिलियन सरकारको आर्थिक सहयोग तथा माण्डवीको सहजिकरणमा अन्तरक्रिया कार्यक्रम नगरपालिकाको बैठक हल मा सम्पन्न भएको थियो ।
अन्तरक्रियाको उद्देश्य स्थानीय पुरुष प्रतिनिधिहरू वडा अध्यक्ष र वडा सदस्यलाई लैङ्गिक समानताको अवधारणा बारे सचेत गराउनुका साथै र योजना स्तर र निर्णय प्रक्रियामा स्थानीय तहमा निर्वाचित महिला प्रतिनिधिहरुको सहभागिता सम्बन्धी खाडल र चुनौती, समस्या र असल अभ्यासहरुको बारेमा छलफल गरिएको थियो ।
साथै निर्वाचित महिला प्रतिनिधीहरुको भुमिकामा पुरुष सदस्यहरुले कसरी सहयोगी पात्रको रुपमा भुमिका निर्वाह गर्ने बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागि पुरुष वडाअध्यक्ष तथा वडा सदस्यहरुले आगामी दिनमा निर्वाचित महिला प्रतिनिधी र समुदायका अन्य महिला सहकर्मीहरुलाई नेतृत्वमा ल्याउन महत्वपुर्ण भुमिका खेल्नुका साथै घरदेखि कार्यालयसम्मका हरेक योजनामा महिलाहरुलाई र पुरुष सरह समान सहभागिता गराउने, सार्वजनिक भाषणमा मात्र होइन, महिला अधिकारका लागि गरिने हरेक कार्यलाई व्यवहारमा कार्यान्वयन गर्ने, भेदभावरहित समाज निर्माण गर्न समाजबाट लैङ्गिक हिंसा उन्मूलन गर्ने बारेमा प्रतिबद्धता समेत जाहेर गरेका थिए ।
अन्तरक्रिया कार्यक्रमको उदेश्यको बारेमा माण्डवी बाराका कार्यक्रम अधिकृत राजु कुमार साहले प्रस्तुत गरेका थिए । उक्त एक दिने अन्तरक्रियाको सहजीकरण मास्टर प्रशिक्षक निभा कुमारी सिंह र रामअंज्ञा साहले गरेका थिए ।