बारा– देशमा विहिवार कोरोना संक्रमणबाट ३३ जनाको मृत्यू भएको छ । देशका विभिन्न ठाउँका कोरानो संक्रमणबाट एकै दिन ३३ जनाको मृत्यू भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशमा विहिवारसम्म १० हजार ४ सय २९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संख्या कूल संक्रमितको १ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यसै गरि देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा ११ हजार ९ सय ४६ वटा आरटी पीसीआर परीक्षण गर्दा २ हजार ३ सय २१ जनामा र ४ हजार ४ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ जना गरी ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
विहिवारसम्म आरटी पीसीआर परीक्षणबाट ७ लाख ४२ हजार २ सय २८ जना र एन्टिजेन परीक्षणबाट ७८ हजार ३ सय ७७ जना गरी देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ८ लाख २० हजार ६ सय ५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
विहिवार थप २ हजार १ सय २६ जना कोरोना संक्रमणमुक्त भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९१ हजार २ सय ९९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यो संख्या कूल संक्रमितको ९३ दशमलव १ प्रतिशत रहेको जानकारी गराइएको छ ।
मन्त्रालयका अनुसार देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल ४० हजार ५ सय जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३७ हजार १ सय १४ जना होम आइसोलेसनमा र ३ हजार ३ सय ६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरि ९१ हजार ११ जनाले कोरोना विरुद्धको खोप लिएका छन् । मन्त्रालयका अनुसार विहिवार सम्म ४८ लाख १७ हजार ९ सय ८५ जनाले पहिलो डोज खोप लगाएका छन् भने ३७ लाख ८ हजार ६ सय ८८ जनाले पूर्ण खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपाल भरीमा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु
यो लेख शेयर गर्नुहोस