बारा–बाराको महागढीमाई नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधीलाई सघाउने र राजनीतिमा अगाडी बढ्न अवसर दिने प्रतिवद्धता पुरुष जनप्रतिनिधीले गरेका छन ।
निर्वाचित वडाध्यक्ष र पुरुष वडासदस्यहरुको सक्रिय सहभागितामा आईतवार नेराप्रावि बरियारपुरको बैठक हलमा आयोजित लैङ्गिक समानता र स्थानिय सरकारमा निर्वाचित महिलाको भुमिका सम्बन्धी अन्तरक्रियामा यस्तो प्रतिवद्धता गरिएको हो ।
आईफिएस नेपालको प्राविधिक सहयोग, स्विस सरकार विकास सहयोग र अस्टेरिलियन सरकारको आर्थिक सहयोग तथा माण्डवीको सहजिकरणमा भएको कार्यक्रममा पुरुष जनप्रतिनिधीले महिला जनप्रतिनिधीलाई अवसर दिई अगाडी बढाउने प्रतिवद्धता गरेका हुन ।
स्थानीय पुरुष जनप्रतिनिधिहरुलाई लैङ्गिक समानताको अवधारणा बारे सचेत गराउनुका साथै योजना स्तर र निर्णय प्रक्रियामा स्थानीय तहमा निर्वाचित महिला प्रतिनिधिहरुको सहभागिता सम्बन्धी देखिएका खाडल, चुनौती, समस्या र असल अभ्यासहरुको बारेमा छलफल गर्ने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
निर्वाचित महिला प्रतिनिधीहरुको भुमिकामा पुरुष सदस्यहरुले कसरी सहयोगी पात्रको रुपमा भुमिका निर्वाह गर्ने बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागी पुरुष वडाध्यक्ष तथा वडासदस्यहरुले आगामी दिनमा निर्वाचित महिला प्रतिनिधी र समुदायका अन्य महिला सहकर्मीहरुलाई नेतृत्वमा ल्याउन महत्वपुर्ण भुमिका खेल्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।
अन्तरक्रिया कार्यक्रमको उदेश्य बारे माण्डवी बाराका कार्यक्रम अधिकृत राजु कुमार साहले प्रकाश पारेका थिए । अन्तरक्रिया कार्यक्रममा मास्टर प्रशिक्षक निभा कुमारी सिंह र रामअंज्ञा साहले सहजीकरण गरेका थिए ।