‘नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउन मध्य प्रदेशका मुख्यमन्त्री चौहानलाई नेपाल भ्रमणको निम्तो’

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 983
3 मि. पढ्न लाग्ने समय

बीरगंज– सदिऔं देखी चली आएको नेपाल–भारतको बेटीरोटीको सम्बन्धलाई थप सुमधुर र मजबुत बनाउन भारतका मध्य प्रदेश राज्यका मुख्यमन्त्री शिवराज चौहानलाई नेपाल भ्रमणको निम्तो दिईएको छ ।

मध्य प्रदेशको राजधानी इन्दौर सहरमा जनवरी ७ देखि ११ सम्म सञ्चालित १७ औं प्रवासी भारतीय विश्व सम्मेलनमा सहभागिता जनाउन पुगेका वीरगन्ज निवासी अमित चौधरीले मुख्यमन्त्री चौहानलाई नेपाल भ्रमणको निम्तो दिएका हुन ।

मुख्यमन्त्री चौहानलाई नेपालको जनकपुर र लुम्बिनी भ्रमणको निम्तो आफुले भेटवार्ताको क्रममा दिएको हाल स्वदेश बीरगन्ज फर्किएका चौधरीले जानकारी दिए ।

भेटवार्ताकै क्रममा चौहानले आफू पशुपतिनाथको दर्शन गर्न नेपाल आउन इच्छुक रहेको चौहानलाई उद्धृत गर्दै चौधरीले जानकारी दिए । ‘करीब १५ मिनेटको भेटवार्तामा चौहानले नेपाल र भारत बीच परापूर्वकाल देखिको रोटीबेटीको सम्बन्ध रहेको बताउनु भयो,’ चौधरीले भने, ‘चौहानले आफू पशुपतिनाथको दर्शन गर्न र नेपाल घुम्न छिट्टै नेपाल आउने तयारीमा रहेको पनि बताउनु भयो ।’ भेटवार्ताकै क्रममा मुख्यमन्त्री चौहानले नेपाल र नेपालीको उत्तरोत्तर प्रगतीको शुभकामना समेत दिएको बीरगंन्जका युवा चौधरीले जानकारी दिए ।

आफूले चौहानलाई नेपाल भ्रमणको क्रममा जनकपुर र लुम्बिनीको भ्रमण गर्न पनि सुझाव दिएको चौधरीले बताए । नेपालको आर्थिक अवस्था सुधार गर्न र यहाको बेरोजगारी समस्या हल गर्न भारतसंगको सम्बन्ध थप मजबुत बनाउनु पर्नेमा चौधरीको जोड थियो । ‘सम्बन्धले नै एक अर्कासंग जोडने वातावरण बनाउछ,’ उनले भने, ‘यसले नेपालको विकासमा समेत ठुलो मद्दत पुग्ने छ ।’ भारतसंग नजिक बनाउन र सम्बन्धन सुधार गर्न प्रवासी भारतिय विश्व सम्मेलनलाई आफुहरुले अवसरको रुपमा लिएको चौधरीले जानकारी दिए ।

वीरगन्ज स्थाई घर भएका तथा काठमाडौं लायन्स क्लव अफ समर्पणका फस्र्ट भाइस प्रेसिडेन्ट र वीरगन्ज युथ राउण्ड टेबल नम्बर १३ का चार्टड सेक्रेटरी समेत रहेका युवा अगुवा चौधरी सहितको नेपालबाट गएको टोलीमा रवि पन्सारी, अजय सरावगी सहित ५ जनाको सहभागिता थियो ।

काठमाडौंस्थित भारतीय दुतावासको समन्वयमा आफूहरु उक्त सम्मेलनमा सहभागी भएको चौधरीले बताए । सम्मेलन अत्यन्त उपलब्धि मुलक रहेको तथा बिभिन्न देशका सहभागीहरुले नेपालबारे गम्भीर चासो देखाएको चौधरीले बताए । आफूले उनीहरुलाई कम्तीमा एक पटक नेपाल भ्रमण गर्नै पर्ने मुलुक रहेको बताउदै नेपाल भ्रमणको निम्तो पनि दिएको चौधरीको भनाई छ ।

नेपाल सहित ७० देशका प्रतिनिधिहरुको सहभागीता रहेको सम्मेलन समारोहको प्रमुख अतिथि भारतकी राष्ट्रपति द्रौपदी मुरमु तथा अन्य विशिष्ट अतिथिहरुमा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री जयशंकर, मध्य प्रदेशका मुख्य मन्त्री चँैहान लगायतको सहभागिता रहेको थियो ।
नेपालको पक्षबाट भारतमा महत्वपुर्ण विषयमा बहस पैरवी गर्न सफल रहेका चौधरी सहितका व्यक्तीलाई पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक लगायतले धन्यवाद समेत व्यक्त गरेका छन ।

 

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस