बारा– कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले वैदेशिक रोजगारीमा जाने क्रममा हुने ठगी नियन्त्रणका लागि ठोस कदम चल्नु पर्ने बताएका छन।
आईतवार कलैयामा ग्रामिण उद्द्म विप्रेषण परियोजना (समृद्धी) र कलैया उपमहानगरपालिकाले आज आयोजना गरेको ’आप्रवासी श्रोत केन्द्र/सुचना कक्षको दिगोपना विषयक आप्रवासन तथा विकाश मन्चको छलफल कार्यक्रममा मेयर साहले ठगी नियन्त्रण तथा वैदेशिक रोजगारमा जाने र फर्किसकेकाहरुको व्यवस्थापाकालागी बोर्ड र स्थानिय पालिकाहरुबिच समन्वय आवश्यक रहेको बताए।
म्यान पावरका एजेण्टहरु खुल्लमखुल्ला रुपले मधेशका युवाहरुसंग ठगी गरिरहंदा समेत वैदेशक रोजगार बोर्डले गतिलो कारवाही गर्न नसकेको भन्दै मेयर साहले त्यस्ता एजेन्ट र म्यान पावरका सन्चालकलाई कारवाहिको दायरामा ल्याउनु पर्ने बताए।
उनले विदेशमा रोजगारीमा जानेलाई आवस्यक सीप तथा तालिमको व्यस्था गर्न कलैया उपमहानगरपालिका तत्पर रहेको बताउंदै त्यसकालागी सम्बन्धित निकायसंग समन्वय गरिने समेत बताए।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा बाराका १६ वटै पालिका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा आप्रवासी श्रोत केन्द्रको दिगोपना र त्यसका लागि गर्नुपर्ने आवश्यक कार्यहरु बारे समृद्धी आयोजनाका जीवन श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रम उद्देष्य बारे कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले जानकारी गराएका थिए।