बारा जस्तो सुगम जिल्लामा दुर्गम भन्दा दुर्गती, खेतमा पुग्न डुंगाको सहारा

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 956
5 मि. पढ्न लाग्ने समय
b'u{d eGbf b'u{tL M af/fsf] kr/f}tf gu/kflnsfsf] j8f g+= & ;v'jf6 / :j0f{ ufpkflnsfsf] j8f g+= ! r/df]xgf hf]8g] lt/ gbL 8'“ufdf tb}{ :yfgLo afl;Gbf . pgLx? 3f; sf6g, v]tdf sfd ug{ ;d]t 8'“uf r9g] u5{g . gbLdf k'n agfpg ;Dalgwt lgsfon] r;f] b]vfPsf] 5 . t:jL/ M kjg ofbj÷sflGtk'/

पवन यादव
बारा– पहाडी र हिमाली भेगको तुलनामा तराईका प्रायः सबै जिल्ला सुगम मानिन्छ । यहाको सबै स्थानमा सडक पुगेको सरकाराको बुझाई छ । आवतजावत गर्न यहाका बासिन्दालाई सरर…मोटरमा चढेर चाहेको ठाउमा पुगिन्छ भन्ने आम बुझाई छ ।
तराईका जनताले दुर्गम पहाडी र हिमाली जिल्लाका जनता जस्तो गोरेटो बाटोमा हिडदैनन् । नदी तर्न डुंगामै यात्रा गर्छन भन्दा हतपती कसैलाई पत्यार लाग्दैन । तर बारा जिल्लामै केही यस्ता गाउहरु छन जहा खेतमा घास काट्न, अन्नबाली भित्रियाउन, खेतमा ज्याला मजदुरी गर्न पुग्न डुंगा वा लचका (बासको पुल) चढ्नै पर्ने बाध्यता छ ।
बाराको पचरौता नगरपालिका र सुवर्ण गाउपालिकाको सिमाना छुट्याउने तियर नदी तर्न स्थानीय बासिन्दा सहितका यात्रीलाई डुंगाको प्रयोग गर्नै पर्ने बाध्यता रहेको छ । पचरौता नगरपालिका वडा नं. ७ सखुवाटका बासिन्दालाई खेतमा लगाईएको अन्नबालीको स्याहार सुसार गर्न, विषादी छर्न, बालीको अवस्था पत्ता लगाउन, गाईभैसीलाई खुवाउन हरियो घासको जोहो गर्न, छिमेकी गाउ चरमोहना, मझरिया, धुरहा, तेलुकवा लगायत गाउमा रहेका आफन्त कहा पुग्न नदी तर्न सधै डुंगा चढ्नु पर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताए ।
पचरौता नगरपालिकाको सखुवाट गाउ र स्वर्ण गाउपालिकाको वडा नं. १ चरमोहना गाउ पुग्न तियर र जमुनी नदी तर्नु पर्छ । एउटामा बासको लचका पुल छ भने अर्को नदीमा काठको डुंगा संचालनमा रहेको छ । दैनिक २ हजार भन्दा बढी पैदल यात्री, १ हजार भन्दा बढी साईकल यात्री र ५ सय भन्दा बढी मोटरसाईकलमा यात्रुहरु डुंगा चढेर नदी ओहोरदोहोर गर्ने गरेको डुंगा संचालक प्रचरौता नगरपालिका ७ सखुवाटका जगरनाथ मुखिया बीनले जानकारी दिए ।
यात्रीको पीरमर्कालाई सम्झेर उनले आफ्नै लगानीमा विगत १५ वर्ष देखी नदीमा डुंगा संचालन गर्दै आएका छन । डुंगामा चढाएर खोला तारेवापत उनले पैदल यात्रीबाट ५ रुपैया, साईकल यात्रीबाट १० रुपैया र मोटरसाईकल यात्रीबाट १५ रुपैया सेवा शुल्क उठाउछन । उनले तोकेको शुल्क गाउलेले तिर्दैनन । बाहिरबाट आएका आगन्तुकले मात्र तिर्ने गरेको उनले बताए ।
‘गाउलेले फिटिकै पैसा तिर्दैनन, कोही यात्रुसंग पैसा हुदैन उनीहरुलाई पनि सितैमा खोला तारीदिनु पर्छ,’ उनले भने, ‘कम्तीमा एक जना डुंगा चलाउने युवा बिहान देखी बेलुकी सम्म घाट कुर्नै पर्छ ।’ सेवाशुल्क वापत उठाएको रकमले खर्च धान्न र डुंगा चलाउने युवकलाई ज्याला दिन अहिले मुश्किल पर्ने गरेको उनले दुखेसो पोखे । दिनभरी डुंगामा यात्रीलाई तारेपछि ८ सय देखी १ हजार रुपैया सेवा शुल्क वापतको रकम संकलन हुने गरेको उनले जानकारी दिए ।
एक लाख ३५ हजार रुपैया लगानी गरेर डुंगा निर्माण गरेको छु । ८०÷८० हजार खर्च गरेर तियर र जमुनीमा लचका समेत निर्माण गरी नदीमा लगाईएको उनले बताए । ‘स्थानीय तहले एक पैसा सहयोग गरेको छैन,’ उनले भने, ‘सहयोगको लागी पटक पटक धाए तर कसैले सुनुवाई गरेनन ।’ जनताले सेवा पाउने क्षेत्रमा स्थानीय तहले अनिवार्य खर्च गर्नु पर्ने उनको तर्क छ । जनतालाई सहज रुपले खोला तर्ने वातावरण बनाउनु पर्ने स्थानीय सरकारको दायित्व हो तर स्थनीय तहका प्रमुखले यता तिर ध्यान नै नदिएको उनले गुनासो गरे ।
तियर नदी धेरै गहिरो छ । नदी तर्ने क्रममा धेरै मानिस डुबेर ज्यान गुमाउने घटना बढेपछि आफुले गाउलेको सल्लाहमा डुंगा संचालनमा ल्याएको उनले बताए ।
नदीमा डुंगा संचालनमा आएपछि गाउलेलाई धेरै सहज भएको पचरौता नगरपालिका १ पिपरपातीका राकेश कुमार सिंहले बताए ।
‘बीनले नदीमा डुगा संचालन गरेपनि हामीलाई धेरै सहज भएको छ,’ उनले भने, ‘नदी तर्न डुंगाको विकल्प छैन ।’ नदीमा पुल नबने सम्म डुंगा संचालन गरिनु पर्नेमा उनको जोड छ । अती व्यस्त सडकमा अहिले सम्म पुल बनाउन कुनै निकायको ध्यान पुगेको छैन । चुनावको बेलामा नेताले नदीमा पुल बनाउन योजना पार्नको लागी पहल गर्ने आश्वासन दिन्छन । चुनाव सकेपछि पुलको सपना पुरा गर्न ध्यान दिदैनन । जनतामा बाडेको सपनालाई बेवास्ता गरेर हिडने गरेको गुनासो उनले गरे ।
स्थानीय तहमा निवार्चित जनप्रतिनिधीले पनि पुल बनाउन ध्यान नदिएको स्थानीय बासिन्दाले आरोप लगाए ।
पचरौता नगरपालिका ७ सखुवाटकी देवी बीन दिनहु खेतमा काम गर्न डुंगाको यात्रा गर्छिन । शुक्रवार पनि उनी साझ खेतबाट घास काटेर घर फर्कदै गरेको अवस्थामा भेटेकी थिईन । ‘दिनहु डुंगामा यात्रा गर्दा पनि आफुले डुंगा संचालकलाई पैसा तिर्नु पर्दैन,’ उनले भनिन, ‘हामीसंग पैसा पनि माग्दैनन ।’ पैसा नमागेपछि आफैले जर्बजस्ती तिर्ने कुरो भएन । गाउले भनेर नमांगेको होलान । मागेपछि तिर्नै पर्ने उनले जानकारी दिईन ।
नदीमा पुल निर्माण गर्न सरकारले चासो देखाएर काम अगाडी बढाउनु पर्ने स्थानीय बासिन्दाले माग गरेका छन ।
नदीमा पुल नहुदा सिम्रौनगढ नगरपालिका र पचरौता नगरपालिकाको दर्जन बढी गाउका बासिन्दालाई झन्डै ४/५ किलोमिटर घुमाउरो यात्रा गरिनु पर्ने बाध्यता रहेको स्थानीयले जानकारी दिए ।

यो लेख शेयर गर्नुहोस