जाडोले जनजिवन थप कष्ठकर, छाडा चौपाया र साधुसंत बढी प्रभावित

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 842
2 मि. पढ्न लाग्ने समय

बारा– विगत तीन दिन देखी बढेको अत्याधिक चिसोले बारा, पर्सा, रौतहट लगायत मध्य तराईकै जनजिवन थप कष्ठकर बनेको छ ।

बुधवार देखी निरन्तर सुरु भएको पश्चिमी हावा र सेरेटोले सब भन्दा बढी बालबालिका, वृद्धवृद्धा, मंगन्ते, फुटपाथमा रात कटाउने मान्सिक सन्तुलन गुमाएका व्यक्तहरु प्रभावित बनेका छन ।

दैनिक ज्यालादारी गरी हातमुख जोर्ने परिवारको लागी जाडो कहर बनेर प्रहार गरीरहेको पीडितले बताएका छन । ईट्टाभट्टामा काम गर्ने, राजमिस्त्री, घरमा काम गर्ने मजदुर लगायतका सबभन्दा बढी जाडोले प्रभावित भएको पीडितहरुको भनाई छ ।

‘काम नगर्दा बालबच्चको छाक टार्न मुश्किल पर्छ,’ नाम नछाप्ने शर्तमा एक मजदुरले भने, ‘काममा खटिदा चिसोले बिरामी पर्ने डर छ ।’ एकैछिनमा चलेको चिसो हवाले शरीर काम्ने र उभिनै नसक्ने अवस्था आएर काम गर्न समेत सभस्या भईरहेको कलैया–१६ का मजदुर नागेश्वर मण्डलले बताए ।

हुने खानेलाई जाडोले धरै प्रभाव पार्न नसकेपनि गरीब, विपन्नलाई सबभन्दा बढी प्रभावित बनाईएको उनको भनाई छ ।

जाडोकै कारण बारा सदरमुकाम कलैया, पर्सा सदरमुकाम बीरगंज लगायतका बजार क्षेत्रमा शनिवार पनि सर्वसाधारणको भीडभाड कम देखिएको स्थानीयले बताएका छन ।

जाडो छल्न कलैया उपमहानगरपालिकाले नगरभरी बाल्दै आएको दाउरा यसपाली प्रभावकारी ढंगले वीरतरण नभएको स्थानीयले गुनासो गरेका छन ।

कलैया उपमहानगरपालिका भित्र रहेका मठमन्दिरका पुजारीहरु जाडोले सबभन्दा बढी प्रभावित बनेको पीडितहरुले गुनासो गरेका छन ।

बिहान चार बजे देखी उठेर मठमन्दिरको सरसफाई गर्ने र पुजापाठ कर्मममा लाग्ने पुजारी तथा मठका कर्मचारीहरु जाडोको चरम मार खेपीरहेका छन ।

पुजारीलाई न्यानो पार्न र मठमन्दिरमा धुई बाल्न अहिले सम्म कलैया उपमहानगरपालिकाले दाउरा नबाडेको कलैया उपमहानगरपालिका १६ रामजानकी मठका पुजारी शम्भु दासले गुनासो गरे ।

‘मठमा यसपाली एक टुक्रा दाउरा उपमहानगरपालिकाले दिएको छैन,’ उनले भने, ‘पहिला पहिला मठमा दाउरा वितरण हुन्थ्यो, यसपाली कसैले ध्यान दिएको छैन ।’ मागेर गुजारा चलाउने मठका पुजारीसंग पर्याप्त कपडा पनि हुदैन । अर्को तिर आगो बाल्ने दाउराको समेत अभाव भएपछि आफुहरु थप समस्यामा परेको पुजारीहरुको भनाई छ ।

कलैया उपमहानगरपालिकासंग मठमा दाउरा वीतरण गरीदिन नगर क्षेत्रका साधुसंतले आग्रह गरेका छन ।

 

ट्याग्स : , , , , , , ,
यो लेख शेयर गर्नुहोस