बारा–पञ्चकन्या स्टिलको महत्व र यसको प्रयोग गर्दा हुने फाईदा बारे सर्वसाधारणलाई जानकारी गराउने उदेश्यले हालै कलैयामा भेटघाट कार्यक्रम गरिएको छ ।
पञ्चकन्या स्टिलको आयोजनामा भएको कन्टयाकटर भेटघाट कार्यक्रममा नेपालमा पाईने अन्य कम्पनीको छड र पञ्चकन्याले उत्पादन गरेको छडको गुणस्तर बारे जानकारी दिईएको थियो ।
लकडाउन पश्चात धराशायी बनेको पञ्चकन्या स्टिल उद्योगले आफ्नो गुणस्तरलाई अझै निरन्तरता दिदै निर्माणकर्ताको विश्वास जित्दै आएको पञ्चकन्या छड बिक्रेताहरुले बताएका छन ।
लामो समय देखी सेल्टिरीङ्ग ठेकेदारको रुपमा काम गर्दै आएका कलैयाका ठेकेदार प्रशुराम गिरीले पञ्चकन्या छडको गुणस्तर अझै अन्य कम्पनीको छडको तुलनामा राम्रो रहेको बताए ।
‘अन्य कम्पनीको छडमा बेलाबेलामा सिकायत आउने गर्छ,’ उनले भने, ‘तर पञ्चकन्यामा अहिले सम्म कुनै सिकायत आएको छैन ।’ अन्य छडको मुल्यको अनुपातमा पञ्चकन्या छडको भाउ महँगो भएको उनले जानकारी दिए ।
बजारमा अन्य कम्पनीको छड भन्दा थोरै महँगो भएपनि पञ्चकन्याको छड टिकाउ र बलियो रहेको ठेकेदार गिरीको बुझाई छ ।
पञ्चकन्या स्टिल उद्योगले आफ्नो उत्पादनमा अझै गुणस्तर कायम राख्नु नै हामी उपभोक्ताको लागी सुखद कुरा भएको कलैया १ निवासी सुरेश गुप्ताले जानकारी दिए ।
‘म पञ्चकन्याको उत्पादन प्रति विश्वस्त छु,’ उनले भने, ‘म जस्ता बुझेका हरेक व्यक्तीले पञ्चकन्याकै छड, डण्डी प्रयोग गरीरहेका छन ।’ पञ्चकन्याको गुणस्तरबारे नजानेका उपभोक्ताले मात्र अन्य कम्पनीको छड प्रयोग गर्छन । जानकारी राख्ने उपभोक्ताको पहिलो रोजाई नै पञ्चकन्या हुने गरेको उनको भनाई थियो ।
सरकारले निर्धारण गरेको दाहोरो करको मार खेप्दै आएको पञ्चकन्याले अहिले पनि आम उपभोक्ताको विश्वास कायमै राखेको कार्यक्रममा सहभागी छड सिमेन्ट बिक्रेताहरुले बताएका छन ।
भेटघाट कार्यक्रममा पञ्चकन्याका अधिकृत बिक्रेता, डण्डी मिस्त्री लगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा पञ्चकन्याका बरिष्ठ बजार प्रबन्धक भरत खत्रीले पञ्चकन्या छडको गुणस्तर लगायतका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
पञ्चकन्या स्टिलको उत्पादन, गुणस्तरियता, प्रबिधी लगायतको बारेमा बरिष्ठ बजार प्रबन्धक खत्रीले जानकारी गराएका थिए ।
सो अवसरमा पञ्चकन्याका अधिकृत बिक्रेता सुरेश गुप्ता, आदित्य गुप्ता, राजेन्द्र साह, पञ्चकन्याका एरिया सेल्स मैन किसन मण्डल लगायतको सहभागिता रहेको थियो । उतm कार्यक्रमको सञ्चालन पञ्चकन्याका सेल्समैन बब्लु गुप्ताले गरेका थिए ।