बारा– राजमार्गको निगरानी तथा नियमन, मर्मत सम्भारको सबै जिम्मेवारी सघ सरकारले निभाउदै आएको छ ।
देशमा रहेका हुलाकी राजमार्ग, सहायक राजमार्ग, राष्ट्रिय राजमार्गमा कर संकलन गर्ने मुख्य जिम्मेवारी केन्द्र सरकारकै हुन्छ । तर केन्द्र सरकारले विदेशी अनुदानमा निर्माण गराएको सडकमा कर सकलन गरेको छैन ।
तर त्यही सडकमा बाराका विभिन्न पालिकाले आफुखुशी कर संकलन गरेर लुटतन्त्र मचाएको ढुवानी व्यवसायीले आरोप लगाएका छन ।
पालिकाहरुले सहायक राजमार्ग तथा हुलाकी राजमार्गमा ठाउठाउमा ढाठ राखेर अहिले कर संकलन गरीरहेका छन । अधिकार नै नभएको अर्काको सडकमा पालिकाहरुले जर्बजस्ती कर सकलन गरीरहेको ढुवानी व्यवसायीहरुको गुनासो छ ।
निजगढबाट छुटेका मालवाहक सवारी साधनहरु ढुवानी सामाग्री बोकेर पिलुवा, कलैया, प्रसौनी हुदै बीरगंज पुग्दा कम्तीमा ५ ठाउमा कर तिर्नु पर्ने वाध्यता रहेको व्यवसायीहरुको भनाई छ । करीब ४३ किलोमिटरको यो दुरी पार गर्न ५ वटा पालिकालाई कर तिर्नु पर्ने वाध्यता रहेको ढुवानी व्यवसायीको गुनासो छ ।
जितपुर सिमरा उपमहानगरपालिकाले हुलाकी राजमार्गको कलैया पिलुवा खण्ड अन्र्तगत बडहर्वामा ढाठ राखेर कर संकलन गर्दै आएको छ । सोही सडक खण्डको औधापुरमा ढाठ राखेर कलैया उपमहानगरपालिकाले कर संकलन गरीरहेको छ ।
कलैया उपमहानगर पालिकाको भरत चोकबाट हुलाकी राजमार्ग हुदै पश्चिम बीरगंज तर्फको १० किलोमिटर दुरी पार गर्न प्रसौनी गाउपालिका, परवानीपुर गाउपालिका र बीरगंज महानगरपालिकालाई कर तिर्नु पर्ने वाध्यता रहेको बीरगंजका ढुवानी व्यवसायी मुन्ना सर्राफले गुनासो गरे ।
प्रसौनी गाउपालिकाले गण्डक चोक नजिकै, परवानीपुर गाउपालिकाले ऋषभ पेट्रोल पम्प नजिक र बीरगज महानगरपालिकाले लक्ष्मणवामा ढाठ राखेर कर संकलन गरीरहेको उनले जानकारी दिए ।
‘यी पालिकाहरुले आफुले निर्माण गरेको सडकमा मात्रै कर संकलन गर्ने अधिकार छ,’ उनले भने, ‘अरुको सडकमा जर्बजस्ती ढाठ राखेर कर संलन गर्ने अधिकार पालिकाहरुसंग कहाबाट आयो ?’ एउटै माल पु¥याउन पाच ठाउमा कर तिर्नु कतिको जायज हो सरोकारवाला निकायले मनन् गर्नै पर्छ । पालिकाहरुले यसरी संकलन गरीरहेको दोहोरो कर नीतिलाई खारेज नगरे आफुहरु वाध्य भएर संघर्षमा उत्रिने चेतावनी समेत ढुवानी व्यवसायीले दिएका छन ।
सबै भन्दा बढी एक सय १५ रुपैयाँ प्रति मालकबाट प्रति टिप कर कलैया उपमहानगरपालिकाले संकलन गरी रहेको छ ।
जितपुर सिमरा उपमहानगरपालिकाले प्रति मालवाहक सवारीबाट प्रति टिप एक सय ६५ रुपैयाँ, प्रसौनी गाउपालिकाले ८० रुपैयाँ, परवानीपुर गाउपालिकाले ५५ रुपैयाँ, बीरगंज महानगरपालिकाले ९० रुपैयाँ विभिन्न बहानामा कर संकलन गरीरहेको ढुवानी व्यवसायीहरुको भनाई छ ।
पालिकाहरुले संकलन गरीरहेको अव्यवहारिक कर खारेज गरिनु पर्ने माग यस क्षेत्रका ढुवानी व्यवसायीहरुले गरेका छन ।