निजगढमा डेढ विगहा गाँजा फडानी

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 796
1 मि. पढ्न लाग्ने समय

पवन यादव
बारा– बाराको निजगढ नगरपालिकामा अवैध रुपले लगाईएको लागु औषध गाँजाको बोट फाडेर प्रहरीले नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल राजमार्ग सुरक्षा बेस निजगढबाट सशस्त्र प्रहरी नायब उपरिक्षकको कमण्डमा खटिएको १९ जना र ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षकको कमाण्डमा १३ जना गरी ३२ जना सुरक्षाकर्मीहरुको सयुक्त टोलीले सोमवार अपरान्ह हरियो गाँजाको बोट फाडेको हो ।

निजगढ नगरपालिकाको वडा न. १२ र १३ कुलिया ईलाका अवैध रुपले करीब डेढ विगहा क्षेत्रफलमा गाजा खेती गरिएको सुचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेश कार्यालय बर्दीवासका प्रमुख डिआईजी गणेश ठाडा मगरले गाजा फडानी गर्न निर्देशन दिएका थिए ।

डिआईजी मगरको निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलीले कुलिया क्षेत्रमा करीब डेढ विगहा जग्गामा अवैध रुपले लगाएको गाजाको बोट फडानी गरिएको सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेश कार्यालयले जनाएको छ ।

प्रत्येक वर्ष निजगढ नगरपालिकामा अवैध रुपले गाजा खेती हुदै स्थानीयले जानकारी दिएका छन ।

यो लेख शेयर गर्नुहोस