बारामा एक युवकको हत्या गरी गाडेको अवस्थामा शव फेला

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 438
1 मि. पढ्न लाग्ने समय

बारा-बाराको कोहल्बी नगरपालिका ११ रामकुरुवामा एक युवकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेको छ । स्थानीय ४० वर्षीय परीक्षण चौधरीको शव बुधवार गाडेको अवस्थामा फेला परेको थियो ।

गाँउका स्थानीयबासीले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । हराइरहेका चौधरी आफ्नै गोठ र पोखरिको बिच खाल्डोमा पुरिएको अवस्थामा शव भेटिएको थियो। शव उत्खनन् गरेर हेर्दा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन ।

प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको एसपी बोगटीले बताए । शवलाई पोस्टमार्टम गर्न कलैया स्थित प्रादेशिक अस्पतालमा लगिएको छ ।

ट्याग्स : , ,
यो लेख शेयर गर्नुहोस