राजनीतिक प्रकृयामा महिला माथी हुने लैङ्गिक हिंसा अन्तय गरौ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 877
4 मि. पढ्न लाग्ने समय

बारा-तराई मधेसमा भईरहेकाे राजनीतिक प्रकृयामा महिला माथी हुने लैङ्गिक हिंसा अन्तय गर्न सय सरोकारवाला माग गरेका छन । हाम्रो समाजमा आर्थिक समाजिक पछौटेपनले ग्रसित पितृसतात्मक सोचले गर्दा महिलाहरुको अवस्था जहिले पनि महिला हिंसा सँग जोडिएर आउने गर्दछ । तराईको भित्री मधेसमा उच्च घर देखी लिएर सुकुम्बासी झुपडीसम्म राजनैतिक देखी मतदातासम्म जोसुकै बाट र जहिले पनि हिंसाको सिकारमा बढी महिलाहरु बाचिरहेका छन । महिला हिंसासँग जहिले पनि समाजिक लिङ्गमा जोडिएर आउने गर्दछ । जहाँ समाजले निर्धारण गरेको मुल्यमान्यता, रितिरिवाज, चालचलन,धर्म संस्कृती र संस्कारलाई ब्यबहारमा उतारने क्रममा पितृसतात्मक समाजमा सामाजिकीकरण भएका पुरुषहरु र पितृसताम्क सोचले ग्रस्त केही महिलाहरुले महिलालाई प्राकृतिक लिङ्गगको रुपमा हेरेर समाजको समान नागरिकको रुपमा ब्यबहार नगरेको कारण हिंसाहरु अझ बढदै गईरहेको छ ।

यसरी नै राजनैतिक प्रकृयामा हेर्दा सबभन्दा बढी मारमा महिलाहरु परेका छन । हाम्रो मधेसी समाजमा राजनैतिक मा लागेका महिलाहरुलाई अन्य महिला तथा पुरुषहरुबाट नराम्रो नजरेले हेर्ने गरेको प्रबृती देखिएको छ । चुनाव मा सहभागिताको टिकट पाउन को लागि राजनैतिक पार्टीहरुमा केही दिन पहिला देखी सकृय रुपमा लागनु पर्ने हुन्छ । जसअन्तर्गत राजनैतिक पार्टीहरुको बैठक, सभा सेमिनारहरुमा सहभागी हुनु कहिलेकाही बाहिरी जिल्लाहरुमा पनि जानु पर्ने हुदाँ यस्तो कृयाकलापहरुको सहभागितालाई, हाम्रो समुदाय तथा राजनैतिकमा लागेका महिलाहरुको घर परिवारबाट प्रोत्साहनको सटा कलह, हिंसाको सामना गर्नु पर्ने अवस्था रहेको छ । तराई मधेसको महिलाहरु राजनैतिकबाट सहभागीता हुन नचाहनु र पलायन हुनुको पछाडी यस्ता धेरै कारणहरु रहेका छन । अहिलेको आधुनिक समयमा आईपुग्दा पनि पुरुष सताम्क समाजमा राजनैतिक लाग्न आफनै घर परिवारबाट कहिले काही बिद्रोह गर्नु पर्ने हुनछ । राजनैतिक लागेको महिलाहरुलाई उसको घरबाट सहयोग गर्ने एकदमै कम मात्रामा देख्न पाईन्छ । राजनैतिकमा लागेको महिलाहरु महिला भएको कारणले गर्दा नै कम मात्रामा चर्चा आउछन । पुरुषहरु आफुलाई अगाडी बढनको लागि प्राय जसो महिलाहरुलाई दोस र आक्षेपहरु लगाउने गरेका छन । महिलाहरु प्रति राजनैतिक कार्यकर्ता र नेताहरु नै उदारता र मायाको भावना राखने गरेको छैन । कुनै बिशेष बैठकहरुको सहभागिताको कारण घर आईपुग्न ढिलो हुँदा समाजका ब्यतिmहरुलाई नराम्रो नजर बाट हेर्नुका साथै घरपरिवाट पनि यातनाहरु भोग्नु परेका अवस्था महिलाहरुको रहेको छ । तुलनात्मक रुपमा महिलाको राजनैतिकमा सहभागिताको बृद्धि भएता पनि महिलालाई हेर्ने विभेदपुर्ण दृष्टिकोण, समाजिक मुल्यमान्यता र यसबाट सिर्जित हानीकारक परम्परागत अभ्यासका कारण महिलाहरु राजनैतिकमा लैङ्गिक समानता ल्याउन सकिएको छैन । महिला हिंसा बिरुद्धको संकलप प्रस्ताव प्रत्येक राजनैतीक दलको निती नियमा उल्लेख भएपनि कार्यन्बयनको अवस्था एकदमै कमजोर रहेको छ ।

राजनैतिकमा लागेका महिलाले पनि अन्य पुरुष सरहका अधिकार र स्वतन्त्रपुर्वक सहभागिता हुन पाउनु महिलाको मानव अधिकार हो । महिलाई उसको परिवार र समाजबाट उद्धारता पुर्वक समान पाउनु पर्छ । महिला बिरुद्ध यस्ता हुने यस्ता घटनाहरुलाई रोकथामका लागि राजनैतिक दल र पालिका स्तरबाट जन चेतना जगाउने, अभिमुखीकरण कार्यक्रमहरु संचालन गर्ने अनिवार्य बिषय बस्तु आजको आवश्यकता रहेको छ । आई एफ ई स नेपालको प्राविधिक सहयोगमा र माण्डवी द्धारा संचालित महिला नेतृत्व कार्यक्रम अन्तर्गत म प्रशिक्षण कार्यक्रममा सहभागी भई मैले आफनो क्षमता बिकास गरेको छु । जस अन्र्गत राजनैतिकमा हुने लैङ्गिक हिंसाहरु अन्तय गर्नको लागि म सधै तयार छु । राजनीतिमा महिला र पुरुषलाई समान अवसर दिनु अत्यन्त जरुरी छ । हरेक राजनीतिक दलले लैङ्गिक हिंसा अन्तय लागि बनेका कानुन कार्यान्वयन गर्नुपर्छ । पुरुषको तुलनामा महिलाहरु बढी ईमानदार हुने भएकोले राजनैतिकमा महिलामाथी हुने दुस्प्रचार र लैङ्गिक हिंसा लाई अन्तय गरौ ।

यो लेख शेयर गर्नुहोस