प्रत्यक्ष तर्फको मतगणना सम्पन्न बारामा एमालेको रचनात्मक जित, काँग्रेसको हाथमा लड्डु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 789
6 मि. पढ्न लाग्ने समय

बारा– बारामा प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा एमालेले रचनात्मक जित निकालेको छ । आन्तरिक किचलो र केन्द्रिय नेताले टिकट वितरणमा गरेको हस्तक्षेपकै कारण बारामा नेपाली काग्रेसको हाथमा लड्डु परेको छ ।

आन्तरिक कलह र टिकट वितरणकै कारण जसपाले पनि ठुलो घाटा व्योहोर्नु परेको छ । काग्रेंसको राम्रो पक्कड भएको बारा निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधी सभा र प्रदेश सभामा एमालेले सरल जित निकालेको राजनीतिक जानकारहरुले बताएका छन ।

शुक्रवार मध्यरात सम्म बाराको प्रतिनिधि र प्रदेश सभा सदस्यको चारवटै निर्वाचन क्षेत्रको मत गणना सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रत्यक्ष तर्फको अन्तिम मतपरिणाम नतिजा अनुसार नेकपा एमालेले दुई प्रतिनिधि सभा र चार प्रदेश सभा विजयी भएको छ । जसपाले एक प्रतिनिधि सहित दुई प्रदेश सभामा जित निकालेको छ ।

नेकपा एकिकृत समाजवादीले एक प्रतिनिधि सभा हात पारेको छ । त्यस्तै लोसपाले एक प्रदेश सभा र एक स्वतन्त्र उम्मेदवारले प्रदेश सभामा जित निकालेका हुन ।

प्रतिनिधि सभाको क्षेत्र नं. १ मा अच्युत मैनाली, २ मा जसपाका रामसहाय यादब , ३ मा एमालेकी ज्वाला साह , ४ मा नेकपा एसका कृष्ण कुमार श्रेष्ठ किसान बिजयी भएका छन ।

क्षेत्र नं. १ प्रतिनिधि सभामा एमालेका मैनालीले ३९ हजार एक सय ९५ मत प्राप्त गरी बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका प्रभावशाली नेता एवम खानेपानी मन्त्री उमाकान्त चौधरी ३० हजार ५६ मतमै सिमित हुन पुगे ।

यस्तै बारा क्षेत्र नं. २ मा जनता समाजवादी पार्टीका रामसहाय यादबले धेरै संघर्ष पश्चात १३ हजार ८ सय २२ मत प्राप्त गरी बिजयी भएका छन ।
उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका नेता शिवचन्द्र कुश्वाहाले १३ हजार ४ सय ६८ मत ल्याएर पराजित हुन पुगे ।

त्यस्तै बारा क्षेत्र नं. ३ मा नेकपा एमालेकी ज्वाला कुमारी साहले २० हजार २ सय ५१ मत ल्याई जित निकाल्न सफल भएकी छिन । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबु यादब १७ जार २ सय ६९ मतमै सिमित हुन पुगे ।

यस्तै बारा क्षेत्र नं. ४ मा नेकपा एकिकृत समाजवादी पार्टीका कृष्ण कुमार श्रेष्ठ (किसान)ले २९ हजार ५ सय ५ मत प्राप्त गरी सहज जित निकाले । तनहुमा राजनीति गर्दै आएका श्रेष्ठ पहिलो पल्ट बाराबाट प्रतिनिधी सभामा निर्वाचित भएका हुन । सुरु देखी नै पछ्याईरहेका उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका एकवाल मिया १९ हजार ४ सय ३९ मतमै सिमित रहे ।

यस्तै प्रदेश सभा तर्फ बारा क्षेत्र नं. १ को (१) मा नेकपा एमालेका त्रिलोकी चौधरी १६ हजार ७ सय ९८ मत सहित बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका रमेश दङ्गालले १४ हजार २ सय ७० मत ल्याएर पराजित भए ।

क्षेत्र नं. १ कै (२) मा मधेश प्रदेशका पुर्व सभामुख जनता समाजवादी पार्टीका नेता सरोज यादबले १५ हजार ९ सय २७ मत प्राप्त गरी पुनः प्रदेश सभामा बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका नागेन्द्र साह कानुले ११ हजार ४० मत प्राप्त गरेका छन ।

यस्तै बारा क्षेत्र नं. २ को (१) मा स्वतन्त्रका शारदा शंकर कलबार ९ हजार २ सय ९५ मत सहित पुनः बिजयी भए । उनका निकटतम प्रतिद्वन्दी एमालेका बलबिर चौधरीले ६ हजार ८ सय ६७ मत प्राप्त गरेका छन ।

क्षेत्र नं. २ कै (२) मा जनता समाजवादी पार्टीका नेता बच्चा राउत पुन बिजयी भएका छन । राउतले १० हजार ३ सय २ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका रामअयोध्या यादबले ८ हजार ९ सय ३९ मत ल्याएर पराजित भएका छन ।

यस्तै बारा क्षेत्र नं. ३ (१) मा नेकपा एमालेका रबिन्द्र दास श्रेष्ठले ८ हजार एक ९५ मत ल्याई बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका मुकेश साहले ७ हजार ३ सय ९ मत प्राप्त गरी पराजय व्योहोरे ।

क्षेत्र नं. ३ (२) मा एमालेका महमद समिर ६८ मत बढी ल्याएर बिजयी भएका छन । समिरले ८ हजार ३ सय २३ मत ल्याका छन । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका नेता पारस प्रसाद साहले ८ २ सय ५५ मत ल्याएर पराजित भए ।

यस्तै बारा क्षेत्र नं. ४ (१) मा एमालेका देवनारायण चौधरी विजयी भएका छन । चौधरीले १३ हजार ६ सय १९ मत ल्याएका छन । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका क्षेत्र बहादुर श्रेष्ठल ९ हजार ९ सय ८९ मत प्राप्त गरी पराजित भए ।

क्षेत्र नं. ४ (२) मा लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल पुनः बिजयी भएका छन् । सोनलले १३ हजार ५ सय ९६ मत ल्याई विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका आत्माराम साहले ८ हजार २ सय ६२ मत ल्याएर पराजित भएका छन । प्रतिनिधी सभा र प्रदेश सभाको समानुपातिक मतपरिणाम आउन बाकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस