बारा १ मा एमाले उम्मेदवार मैनालीको अग्रता कायमै

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 699
1 मि. पढ्न लाग्ने समय

बारा– बारा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार अच्युत प्रसाद मैनालीले अग्रता कायमै राखेका छन् । अहिले सम्म भएको मतगणना अनुसार एमाले उम्मेदवार मैनालीले ११ हजार २ सय ८४ मत प्राप्त गरेका छन ।

यस्तै सत्ता गठबन्धनका उम्मेदवार उमाकान्त चौधरीले ८ हजार ३ सय ५७ मत प्राप्त गरी मैनालीलाई पछ्याईरहेका छन । २०७४ को निर्वाचनमा मैनालीलाई पराजित गरेका चौधरी यसपटकको निर्वाचनमा मैनाली भन्दा करिब ३ हजार मतले पछि परेका छन् ।

बहालवाला खानेपानीमन्त्री समेत रहेका चौधरी चौथो पटक उक्त क्षेत्रमा निर्वाचन भाग लिएका हुन् । मतान्तर नघटेपछि खानेपानी मन्त्री चौधरी दबाबमा परेका छन ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस