बारा ३ क मा गठबन्धनका उम्मेदवारलाई उछिन्दै एमाले माथी उक्लयो

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 668
1 मि. पढ्न लाग्ने समय

बारा– निर्वाचन क्षेत्र नं. ३ (क) मा अगाडी रहेको माओवादी केन्द्रका उम्मेदवारलाई उछिन्दै एमालेका उम्मेदवार रविनदास श्रेष्ठ अगाडी बढेका छन ।
मतगणनाको सुरुवाती देखी नै अगाडी रहेका माओवादीका उम्मेदवार मुकेश कुमार साहलाई पछाडी धकेल्दै श्रेष्ठ माथी उक्लिएका हुन ।
दिउसो पौने एक बजे सम्म गणना भएको मतपरिणाम अनुसार एमालेका श्रेष्ठले ३ हजार ७ सय १५ मत ल्याई निर्वाचनको रेसमा अगाडी बढीरहेका छन ।
हसिया हथौडा चुनाव चिन्ह भएका साहले ३ हजार ६ सय २६ मत प्राप्त गरी दोश्रो स्थानमा छन ।
छाता छाप चुनाव चिन्ह भएका जसपाका उम्मेदवार भरत खडका ३ हजार २८ मत प्राप्त गरी तेश्रो, बल्ब चुनाव चिन्ह भएका उम्मेदवार ध्रुव यादव २ हजार ६ सय २६ मत प्राप्त गरी चौथो, लौरो छाप चुनाव चिन्ह भएका उम्मेदवार शिवनाथ पटेलले २ हजार ३ सय ९ मत प्राप्त गरी पाचौं स्थानमा रहेका छन ।
बाराको चारवटै निर्वाचन क्षेत्रमा अहिले सम्म शान्तिपुर्ण वातावरणमा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस