जनमतले सप्तरीबाट खाता खोल्यो

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 582
1 मि. पढ्न लाग्ने समय

राजविराज– जनमत पार्टीले सप्तरीबाट प्रदेश सभामा खाता खोलेको छ । सप्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ तर्फ जनमतले जित हासिल गरेको हो ।

उक्त पार्टीका उम्मेदवार महेशप्रसाद यादव विजयी भएका हुन् । उनले १३ हजार ३ सय २५ मतका साथ विजयी हासिल गरेका छन । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवले ७ हजार २३ मत पाए ।

यसैगरी जनमत पार्टीले थप ३ क्षेत्रमा पनि अग्रता हासिल गरेको छ । मधेस प्रदेशमै उम्मेदवार रहेका सतिशकुमार सिंह, केशर राज गुप्ता र सुरेन्द्रकुमार मण्डलले अग्रता बनाएका हुन् ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस