बारा ३ क मा मओवादी केन्द्रका उम्मेदवार साहको अग्रता कायमै

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 428
1 मि. पढ्न लाग्ने समय

बारा– बाराको चारवटै निर्वाचन क्षेत्रमा अहिले मतगणना जारी छ । अहिले सम्म प्राप्त मतपरिणम अनुसार बारा निर्वाचन क्षेत्र नं. ३ (क) मा माओवादी केन्द्रका उम्मेदवार मुकेश कुमार साह अगाडी रहेका छन । उनले निरन्तर अग्रता कायम राखेका छन ।

बिहान ६ बजे सम्म १० हजार ९ सय १६ मत गन्दा हसिया हथौडा चुनाव चिन्ह भएका साहले २ हजार ४ सय ८ मत प्राप्त गरी पहिलो स्थानमा छन । भने एमालेका रविन दास श्रेष्ठले २ हजार ३ सय १७ मत प्राप्त गरी साहलाई पछ्याईरहेका छन ।

लौलो छाप चुनाव चिन्ह भएका उम्मेदवार शिवनाथ पटेलले एक हजार ८ सय ८४ मत प्राप्त गरी तेश्रो, छाता छाप चुनाव चिन्ह भएका जसपाका उम्मेदवार भरत खडका एक हजार ४ सय १३ मत प्राप्त गरी चौथो र बल्ब चुनाव चिन्ह भएका उम्मेदवार ध्रुव यादव एक हजार २ सय ३० मत प्राप्त गरी पाचौ स्थानमा रहेका छन । अहिले सम्म शान्तिपुर्ण वातावरणमा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

ट्याग्स : , ,
यो लेख शेयर गर्नुहोस