रौतहटमा ६५ प्रतिशत मत खस्यो

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 449
1 मि. पढ्न लाग्ने समय

रौतहट– प्रतिनिधी सभा र प्रदेश सभाका लागि आईतवार शान्तपुर्ण रुपले सम्पन्न भएको निर्वाचनमा रौतहटमा ६५ प्रतिशत मत खसेको छ ।
जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा गरेर कुल ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

बिहान ७ बजे शुरु भएको मतदानमा स्थानियको सहभागीता यस अघिको स्थानिय तहको निर्वाचन भन्दा कम देखिएको छ । स्थानिय तहको निर्वाचनमा झण्डै ८० प्रतिशत मतदान भएको रौतहटमा प्रतिनिधि र प्रदेश सभाका लागी ६५ प्रतिशत मात्र मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला भरी सुरक्षाकर्मीको बाक्लो उपस्थीतीका कारण कतै पनि अप्रिय घटना नघटेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । निर्वाचनमा अवरोध हुन नदिन रौतहटको गुजरा र गरुडा नगरपालिकामा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको थियो ।

छिटफुट वादविवाद बाहेक जिल्लामा शान्तीपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताए । मतदान केन्द्रहरुबाट सुरक्षित रुपमा मतगणना स्थलमा मतपेटीका ल्याने क्रम जारी रहेको उनले बताए ।

निर्वाचन सुरक्षाका लागी जिल्लाभरी करीब ६ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । रौतहटका ४ वटै क्षेत्रमा मतगणना आजै राति बाट शुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । चारवटै निर्वाचन अधिकृतको कार्यलयमा मतपेटिकाहरु ढुवानी भए पश्चात सर्वदलिय बैठक गरेर आजै रातिबाट मतगणना शुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस